एस्टन भिल्लाविरुद्ध चेल्सीको बराबरी
काठमाडौँ — दुई गोलले पछाडि रहेको स्थितिमा चेल्सीले शनिबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–२ को बराबरीमा रोकेको छ । यो नतिजाले भिल्लाको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ ।
भिल्लाको ६७ अंक छ र उसले ३५ खेल खेलिसकेको छ । उसको पछाडि टोटनहम छ र उसको ३२ खेलबाट ६० अंक छ । शनिबारका अन्य खेलमा न्युकासल युनाइटेडले सेफिल्ड युनाइटेडलाई ५–१ ले हरायो । हारले पुछारमा रहेको सेफिल्ड रेलिगेसनमा पर्ने पक्का भएको छ ।
यस्तै उल्भ्सले लुटन टाउनलाई २–१ र एभरटनले ब्रेन्टफोर्डलाई १–० ले हरायो । वेस्ट ह्याम र लिभरपुलले २–२, फुलहम र क्रिस्टल प्यालेसले १–१ तथा म्यानचेस्टर युनाइटेड र बर्नलीले १–१ को बराबरी खेले ।
प्रकाशित : वैशाख १६, २०८१ ०६:३९प्रतिक्रिया