सन् २००३ मा आजकै दिन : पाको उमेरमा एक नम्बर बने आगासी 

काठमाडौँ — सन् २००३ को आजकै दिन (२८ अप्रिल) मा अमेरिकी टेनिस खेलाडी आन्द्रे आगासी सबैभन्दा पाको उमेरमा पुरुष टेनिसको विश्व वरीयतामा शीर्ष स्थान ओगट्न सफल भएका थिए ।

सन् २००३ मा आजकै दिन : पाको उमेरमा एक नम्बर बने आगासी 

दोस्रो पटक एटीपी वरीयताको पहिलो नम्बरमा पुग्दा आगासीको उमेर ३३ वर्ष १३ दिन थियो । त्यतिबेला आगासी एटीपी विश्व वरीयताको इतिहासमा शीर्ष स्थान हासिल गर्ने सबैभन्दा पाको खेलाडी बनेका थिए ।

आगासीको त्यो कीर्तिमान पछि रोजर फेडरर (३६) र नोभाक जोकोभिक (३६) ले तोडेका थिए । आगासी १९९५ अप्रिल १० मा पनि विश्व वरीयतामा पहिलो नम्बरमा रहन सफल भएका थिए ।

२० वर्षे खेल जीवनमा आगासीले चार पटक अस्ट्रेलियन ओपन, एक पटक फ्रेन्च ओपन, एक पटक विम्बल्डन र दुई पटक यूएस ओपन जितेका थिए । आगासीले २००६ सेप्टेम्बर ३ मा सक्रिय खेल जीवनबाट संन्यास लिएका थिए ।

प्रकाशित : वैशाख १६, २०८१ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?