कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

लुम्बिनीलाई वीर गणेशमान क्रिकेट उपाधि

काठमाडौँ — लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गरेको थियो ।

लुम्बिनीलाई वीर गणेशमान क्रिकेट उपाधि

अभिषेक गौतम एक्लैले ५ विकेट लिएपछि १ सय १७ रन बनाएको कर्णाली १५.३ ओभरमा ८५ रनमा अलआउट भएको थियो । प्लेयर अफ द फाइनल अभिषेकबाहेक नर सार्कीले २, देव खनाल र निर्मल गुरुङले १–१ विकेट लिए । कर्णालीबाट विपिन शाहीले २८, विपिन रावलले २३ र दीपेन्द्र रावतले अविजित १२ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो । लुम्बिनीका मिर्नाल गुरुङले २७ रन जोडे । उनले ३० बल खेल्ने क्रममा ३ चौका प्रहार गरे । विराट भण्डारीले २६ र कृष्ण कार्कीले २२ रन बनाए । कर्णालीका युनिस ठकुरीले ३, दिनेश अधिकारी र दिवन पुनले २–२ तथा प्रकाश जैसीले १ विकेट झारे ।

यसअघि लिग चरणमा लुम्बिनी, कर्णाली र वाग्मती प्रदेशले समान ८ अंक जोडेका थिए । नेट रनरेटका आधारमा लुम्बिनी पहिलो र कर्णाली दोस्रो स्थानमा रहेर फाइनल पुगेका थिए ।

प्रकाशित : वैशाख १७, २०८१ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?