कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

लेवनडोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

काठमाडौँ — रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा मंगलबार दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ४–२ ले हराएको छ । यो जितका बाबजुद बार्सिलोना ११ अंकको दूरीमा दोस्रो स्थानमा छ ।

लेवनडोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

रियल म्याड्रिडको ८४ अंक छ र उसले लिग जित्ने लगभग निश्चित देखिएको छ । बार्सिलोनाको भने ७३ अंक छ र लिगमा पाँच चरणका खेल मात्रै बाँकी छन् । भ्यालेन्सिया भने ४७ अंकमा आठौं स्थानमा रह्यो ।

लेवनडोस्कीले ४९ औं मिनेटमा पहिलो गोल गरेपछि ८२ औं मिनेटमा दोस्रो गोल थपे । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा पोलिस खेलाडीले आफ्नो ह्याट्रिक पूरा गरे ।

प्रकाशित : वैशाख १८, २०८१ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?