कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

आईपीएल २०२४ : मुम्बईलाई हराएपछि कोलकाता प्ले–अफ नजिक

एजेन्सी

मुम्बई — मिचेल स्टार्कले अनुशासित बलिङ गर्दै चार विकेट लिएपछि कोलकाता नाइट राइडर्सले शुक्रबार आईपीएल २०२४ मा मुम्बई इन्डियन्सलाई २४ रनले पराजित गरेको छ । जितका लागि कमजोर मानिने १ सय ७० रन पछ्याएको मुम्बई वानखडे स्टेडियममा १८.५ ओभर मात्रै टिक्यो र १ सय ४५ रन बनाएर अलआउट भयो ।

आईपीएल २०२४ : मुम्बईलाई हराएपछि कोलकाता प्ले–अफ नजिक

सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाएर मुम्बईको आश जगाए पनि उनी १६ औं ओभरमा आउट भए र मुम्बईको सम्भावना समाप्त भयो । कोलकाता वानखडेमा विजयी रहेको यो १२ वर्षयता पहिलो हो । यो सिजन उसले दस खेलमा सातौं जित निकालेको छ । दोस्रो स्थानमा रहेको कोलकाता प्ले–अफ नजिक पनि पुगेको छ ।

राजस्तान रोयल्स मात्रै १६ अंकमा कोलकाताको अगाडि छ । मुम्बई भने दस टिममध्ये नवौंमा छ र यो यस सिजनका ११ खेलमध्ये आठौं हार हो । कोलकाताका लागि भने भेंकटेस अयरले सर्वाधिक ७० रन बनाए । उनले ५२ बलमा छ चौका र तीन छक्का प्रहार गरे र ‘प्लेयर अफ द म्याच’ रहे ।

प्रकाशित : वैशाख २२, २०८१ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?