२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

चन्द्रागिरि १६ स्वर्णसहित च्याम्पियन

काठमाडौँ — आयोजक चन्द्रागिरि तेक्वान्दो डोजाङले प्रथम चन्द्रागिरि राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा १६ स्वर्ण, १२ रजत र ११ कांस्य पदक जित्दै टिम च्याम्पियन ट्रफी जितेको छ ।

चन्द्रागिरि १६ स्वर्णसहित च्याम्पियन

दोस्रो भएको कोटेश्वर तेक्वान्दो डोजाङले ९ स्वर्ण, २ रजत र १३ कांस्य जित्यो । तेस्रो स्थानको नेसनल तेक्वान्दो एकेडेमी (एनटीए) ले ४ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो । शीर्ष तीन हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाए ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा आयोजकका राम शाही र महिलामा एनटीएकी रोशनी टिटुङ उत्कृष्ट खेलाडी चुनिए । आर्योन योगी उत्कृष्ट निर्णायक र आयोजकका विवेक महर्जन उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार पुरस्कार प्राप्त गरे । रिब्सले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

दुईदिने प्रतियोगितामा विभिन्न २७ जिल्लाका ५ सयभन्दा बढी खेलाडीले ३९ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक डोजाङका प्रमुख सुवास तामाङले जनाए । विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइरालालगायतले पुरस्कृत गरे ।

प्रकाशित : वैशाख २४, २०८१ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?