लिभरपुलसँग हारेपछि टोटनहम अझ कमजोर
काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा टोटनहमको खराव लय आइतबार पनि कायम रह्यो र एनफिल्डमा भएको खेलमा लिभरपुलको हातबाट ४–२ ले पराजित रह्यो । यो हारले टोटनहमको शीर्ष चारको सम्भावना अझ कमजोर बनेको छ ।
टोटनहम ६० अंकसहित पाँचौं स्थामा छ र यो चौथोमा रहेको एस्टन भिल्लासँग सात अंकको दूरी हो । भिल्ला यसअघि ब्राइटनसँग १–० ले पराजित रहेको थियो । तर टोटनहमले त्यसको फाइदा लिन सकेन ।
लिभरपुल भने ७८ अंकसहित तेस्रो स्थानमा रह्यो । आइतबारकै अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–० ले हरायो र ५४ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो ।
प्रतिक्रिया