एरिका, पलेशा र कविराजलाई सम्मान
काठमाडौँ — नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको महिला विभाग कमिटीले करातेकी एरिका गुरुङ, पारा तेक्वान्दोकी पलेशा गोवर्धन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार नगदसहित सम्मान गरेको छ ।
उनीहरुलाई १० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो । उनीहरूलाई पूर्वमन्त्री कर्णबहादुर थापा, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य नन्दा बस्याललगायतले सम्मान गरे । एरिकाले १९ औं एसियाली खेलकुदमा रजत र पलेशाले चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेका थिए । पलेशाले कांस्य जित्दा लामा पलेशाको प्रशिक्षक थिए ।
प्रकाशित : वैशाख २५, २०८१ २०:४९प्रतिक्रिया