प्रकाश स्मृति भलिबलको फाइनल बुधबार
काठमाडौँ — प्रकाश दाहाल स्मृति पहिलो वाग्मती अन्तरपालिका भलिबल प्रतियोगितामा महांकाल गाउँपालिका र थाहा नगरपालिकाबीचको सेमिफाइनल खेल वर्षाको रोकिएको छ ।
मगलबार महांकालले पहिलो दुई सेटमा जित हात पारेपछि खेल वर्षाले अवरुद्ध भएको हो । विजेताले फाइनलमा हेटौडा नगरपालिकासँग खेल्नेछ । हेटौडाले घ्यामलेक गाउँपालिकालाई सेमिफाइनलमा हराएको थियो ।
राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठका अनुसार दोस्रो सेमिफाइनल र फाइनल खेल बुधबार हुनेछ ।
विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले १ लाख रुपैयाँ पाउने छन् । विधागत उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सुरुदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएको हेटौडा र थाहा अपराजित टोली हुन् । घरेलु टोली महांकाल भने पहिलो खेलमा हेटौडासँग पराजित हुनुका बाबजुद पुनरागमन गर्दै सेमिफाइनल पुगेको हो ।