२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

पीएसजीलाई स्तब्ध पार्दै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ — म्याट हमल्सले हेडबाट गरेको एक मात्र गोलमा बोरुसिया डर्टमन्डले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले तय गर्दै फाइनल यात्रा तय गरेको छ । दोस्रो लेगको यो जितपछि डर्टमुन्ड समग्रमा २–० ले अगाडि रह्यो ।

पीएसजीलाई स्तब्ध पार्दै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

फाइनल अर्को महिना वेम्बलीमा हुनेछ र त्यसमा डर्टमन्डको प्रतिद्वन्द्वी रियल म्याड्रिड अथवा बायर्न म्युनिक हुनेछ । हमल्सले दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमा गोल गरे ।

पीएसजीले खेल आफ्नो नियन्त्रणमा राखे पनि निर्णायक आक्रमण भने बुन्न सकेन् । अर्को सेमिफाइनलको पहिलो लेगमा रियल र बायर्नले २–२ को बराबरी खेलेका थिए ।


प्रकाशित : वैशाख २६, २०८१ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?