सिन्धुली — जिल्ला लिग फुटबलमा बिहीबार जनहितैषी युवा क्लब मरिणले सिद्धस्थली युवा क्लब कमलामाई रातमाटालाई ५–० ले पराजित गरेको छ ।
जिल्ला फुटबल संघ सिन्धुलीको आयोजनामा भएको खेलमा जनहितैषीले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा २ गोल गरेको थियो । क्लबका अध्यक्ष सूर्यबहादुर थापामगरले लिगमा ८ क्लबले भाग लिएको बताए ।