प्रदेश ४ मा यसरी लिइयो शपथ

चार नम्बर प्रदेश अन्तर्गत प्रदेशसभाका सांसदलाई आईतबार बिहान शपथ ग्रहण गराईयो । प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नो कार्यालयमा कार्यभार सम्हालेलगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ खुवाए । 

दाङमा तीन दिनदेखि आमहड्ताल, आन्दोलन राजमार्ग केन्द्रीत

पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै तीन दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्टकर हुँदै गएको छ । 

ओलीले विमानस्थलमा भने, ‘उपयुक्त समयमा प्रदेश प्रमुखको विषयमा सोचिन्छ’ (भिडियोसहित)

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले बुधबार सरकारले नियुक्त गरेका प्रदेश प्रमुख नयाँ सरकारले हटाउने संकेत गरेका छन् ।

धनकुटा तनावग्रस्त, निषेधाज्ञा जारी (भिडियोसहित)

धनकुटामा जारी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बिहीबार दिउँसोदेखि लागु हुने गरी प्रशासनद्वारा अनिश्चितकालिन निशेधाज्ञा जारी गरेको छ । 

अस्थायी मुकाम बनाउनुपर्ने माग राख्दै वीरगन्ज बन्दको आह्वान

बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश २ को अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगन्जमा त्यसको विरोध भएको छ ।

प्रदेश प्रमुखको तलब १ लाख २२ हजार

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखले संविधान वा कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको बाहेक अन्य कार्य प्रदेश मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट गर्नेछन् ।
ADVERTISEMENT
ADVERTISEMENT

राजधानी माग्दै डोटी बन्द

प्रदेश राजधानीको माग गर्दै डोटीमा पुन: बन्द आव्हान गरिएको छ । यस अघि १३ सम्म लगातार आमहड्तालमा उत्रेका स्थानीयले आन्दोलनको स्वरुप फेर्दै धर्ना र अनशन सुरु गरेका थिए । 

पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

प्रदेश नं.१ को राजधानी धनकुटा कायम गरिनु पर्ने माग राख्दै आन्दोलनरत धनकुटाबासीले बुधबार बिहान पुर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएका छन् । धर्ना दिन कार्यालय हातामा प्रवेश गर्न लाग्दा सुरक्षाकर्मीले रोकेपछि केहिबेर घम्साघम्सी समेत भएको छ ।

मन्त्रिपरिषद बैठक स्थगित, ३ बजे पुन: बस्ने

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकामबारे छलफल भएको थियो ।

अस्थायी राजधानी माग गर्दै दाङमा प्रदर्शन

पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङलाई घोषणा गर्नुपर्ने माग गर्दै बुधबार घोराहीमा प्रदर्शन भएको छ । प्रादेशिक राजधानी सरोकार समितिको आयोजनामा भएको प्रदर्शनमा उद्योगी, व्यवसायी, राजनीतिक दल र स्थानीय नागरिकको सहभागिता थियो ।

सहमति खोज्न मन्त्रिपरिषद बैठक सर्‍यो

मंगलबार दिउँसो बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरी बोलाएको बैठक बुधबार बिहान बिहान ९ बजेसम्मका लागि स्थगित गरेका गरेका हुन् ।

स्थानीय तह कर्मचारीले चलाएभन्दा सुस्त

फलेवासलाई बागलुङ–स्याङ्जा हुँदै प्रदेश राजधानी पोखरा जोड्न विनियोजित ९० लाख बजेटबारे सहमति जुट्न सकेको छैन । देवीस्थान–शंकरपोखरी–कार्कीनेटा दुई लेनको सडकका लागि छुट्टिएको बजेटले कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेमा उपभोक्ताबीच कुरा नमिल्दा समिति गठन हुन सकेन ।

आयोगले पत्रै लेखेर भन्यो– ‘प्रदेश प्रमुख नियुक्ति गर’

निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रमुख नियुक्ति गर्न सरकारलाई पुन: आग्रह गरेको छ । प्रदेश प्रमुख नियुक्ति हुन नसक्दा आयोगले प्रदेशसभा समानुपातिकको तयार भइसकेको मत परिणाम सार्वजनिक गर्न सकेको छैन । 

मन्त्रिपरिषद बैठकले आज पनि प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गरेन

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने बताइए पनि कुनै निर्णय गरेन ।

धनकुटामा आम हड्ताल छैटौं दिन पनि जारी

धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै विगत ६ दिनदेखिको आमहड्ताल आज पनि जारी रहेको छ । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनु पर्ने मुख्य मुद्दा बनाएका धनकुटावासीले झन्डै एक महिनादेखि आन्दोलनमा विभिन्न गतिविधि गर्दै आएका छन् ।

धनकुटावासीले गरे सांकेतिक रुपमा राजधानी घोषणा

धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका जिल्लावासीले आज क्षेत्रीय तथा जिल्लास्तरीय सरकारी कार्यालयमा विभिन्न मन्त्रालयको साईनबोर्ड राख्दै सांकेतिक रुपमा राजधानी कायम गरिएको घोषणा गरेका छन् ।

राजधानी माग्दै रिले अनशन

प्रदेश राजधानी माग गर्दै शुक्रबारदेखि रिले अनशन सुरु गरिएको छ । प्रदेश २ को राजधानी वीरगन्जमा हुनुपर्ने मागसहित १२ जना नेता–कार्यकर्ताले घण्टाघर चोकमा अनशन थालेका हुन् । उनीहरूलाई वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीले फूलमाला लगाइदिएर अनशन सुरु गराएका छन् ।

माधवकुमार नेपालको अन्तर्वार्ता- ‘चुनावयताका सरकारका एकलौटी निर्णय मान्दैनौं’

‘समय’ प्रति निकै सचेत नेतामा गनिन्छन्, माधवकुमार नेपाल । तर चुनाव सकिएको एक महिना बित्दा पनि नयाँ सरकारको खाका कोर्ने माहोल नबन्दा उनी निकै ‘असन्तुष्ट’ मुद्रामा देखिन्थे । ‘कतै षड्यन्त्र हुँदै छैन ?’ उनको आशंका थियो ।

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ‘ग्रिन सिग्नल’

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बलुवाटारमा बोलाएको सर्वदलीय बैठकमा राजनीतिक सहमतिका आधारमा राष्ट्रियसभाको निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्न प्रस्ताव गरे पनि वाम गठबन्धनका नेताहरु त्यसमा सहमत भएनन् ।

प्रदेश राजधानी माग गर्दै देशका विभिन्न स्थानमा विरोध र धर्ना

देशका विभिन्न स्थानमा प्रदेश राजधानीको माग गर्दै सर्वसाधारणहरु विरोधमा उत्रिएका छन् । प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाइनुपर्ने माग गर्दै धनकुटावासीले आमहडताल नै सुरु गरेका छन् । यस्तै १ कै राजधानी बनाइपुपर्ने माग धरानको पनि छ । धरानवासीको मागलाई उपमहानगरपालीकाका प्रतिनिधिले कुटनीतिक तवरबाट उठाइरहेका छन् ।प्रदेश ५ को राजधानी बनाइनुपर्ने मागसहित आज रुपन्देहीमा पनि प्रदर्शन भएको छ । 

बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार बालुवाटारमा बोलाएको ५ दलको बैठक सुरु भएको छ ।

धनकुटामा बन्दकर्ताद्वारा सवारी साधनमा तोडफोड, एक पक्राउ

बन्द अवज्ञा गरेको भन्दै धनकुटामा चार वटा सवारी साधनमा बन्दकर्ताले तोडफोड गरेका छन् । प्रादेशिक राजधानीको माग राख्दै आएका धनकुटावासीले गरेको बन्दका क्रममा दुई सरकारी, एक संस्थान र एक भाडाको सवारी साधनमा क्षति पुऱ्याएका छन् ।

सात वटै प्रदेशको अस्थायी मुकामको ठाउँ प्रस्ताव

सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो ।