एमाले-माओवादी एकता

पार्टी एकीकरणको जानकारी आयोगलाई

दुई ठूला वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराइएको छ । दुई दलका शीर्ष नेताहरु अपरान्ह ५ बजे आयोग पुगेका थिए । 

नेकपाका केन्द्रीय सदस्यले लिए सपथ (फोटो फिचर)

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् ।

संयुक्त पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै रहने

नेकपा एमाले र माओवादी केन्द्रबीच बन्ने संयुक्त पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै रहने भएको छ । 

एमाले र माओवादी केन्द्र अब नेपाल कम्युनिस्ट पार्टी

नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेका छन् । अब दुवै दल नेपाल कम्युनिस्ट पार्टी नामबाट चिनिने छन् । वाम एकता संयोजन समितिको बिहीबारको बैठकले पार्टी एकताको निर्णय गरेको थियो । त्यसपछि दुवै दलको केन्द्रीय समितिले निर्णय अनुमोदन गर्दै आ-आफ्नो केन्द्रीय समिति भंग गरेका थिए ।

बालुवाटारमा रात्रीभोजको तयारी(फोटो फिचर सहित)

नेकपा एमाले र माअोवादी केन्द्रबीच एकता भएपछि गठन हुने नेपाल कम्युनिष्ट पार्टीका चार सय ४१ केन्द्रीय सदस्यका लागि बालुवाटारमा रात्री भोजको तयारी भइरहेको छ ।

नेकपाको सचिवालय ९ सदस्यीय, श्रेष्ठ प्रबक्ता र पौडेल महासचिव

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बन्ने संयुक्त पार्टी नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यीय सचिवालय बन्ने भएको छ ।

एमाले–माओवादी एकता भएर आजै दल दर्ता हुन्छ : प्रधानमन्त्री ओली

एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा आयोाजित २५ औं मदन–आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजको पुण्य अवसर पारेर एकता हुन लागेको बताएका छन् ।

एमाले र माओवादी  एक हुँदै 

एमाले र माओवादी केन्द्रले पार्टी एकताको अन्तिम निर्णय गर्न दुबै दलका आन्तरिक बैठक बोलाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहानको छलफल एकता गर्ने अन्तिम टुंगोमा पुगेपछि दुबै दलले त्यसम्बन्धि आन्तरिक निर्णय लिने प्रयोजनका लागि बैठक बोलाएका हुन् ।

एमाले–माओवादी सम्बन्ध ‘सुध्रिँदै’

सरकार सञ्चालनमा असन्तुष्टि जनाएका माओवादी नेताहरूसँग प्रधानमन्त्री केपी ओलीले नयाँ शिराबाट परामर्श थालेका छन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन ‘पर्याप्त’ गृहकार्य गर्ने वचन पनि दिएको माओवादी नेताहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला अरुण–३ जलविद्युत् परियोजनाको शिलान्यासमा ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनलाई नबोलाएपछि पछिल्लोपटक चिसिएको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् । उनले मन्त्री पुनसँग सोमबार एक घण्टाभन्दा बढी बेग्लै कुराकानी गरे ।

एमाले-माओवादीबीचको विवाद टुंगियो, दुइ व्यानर राखेर कार्यक्रम सञ्चालन

विवाद मिलेपछि नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रम केहीबेर अघि सुरु भएको छ । 

लेनिनको फोटो नराखेको भन्दै सभागृहको कार्यक्रममा हुटिङ

नेपालमा कम्युनिस्ट पार्टी स्थापना तथा भीआई लेनिनको जन्मजयन्तीका अवसरमा आइतबार सभागृहमा आयोजना गरिएको कार्यक्रममा कार्यकर्ताले हुटिङ गरेका छन् ।

खुमलटार बैठकको निष्कर्ष : प्रतिशत तोकेर एकतामा नजाउँ !

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताका लागि अहिले नै मिति तोक्न नहुने निष्कर्ष निकाल्दै प्रतिशत नै तोकेर एकतामा जान नहुने निर्णय गरेको छ ।

ओली र दाहालको ‘एकता सन्देश’ आज

पार्टी एकताका लागि तय गरिएको सम्भावित मिति टरे पनि एमाले र माओवादीका शीर्ष नेताले सार्वजनिक रूपमा एकताको सन्देश दिँदै कार्यकर्तालाई आश्वस्त पार्ने भएका छन् ।

चिनियाँ बुद्धिजीवी भन्छन्–‘एमाले–माओवादी एकता चाँडै होस्’

चिनियाँ बुद्धिजीवी एवम् पूर्वकूटनीतिज्ञहरूले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

बैशाख ९ गते एकता घोषणा गर्न नभ्याइने : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाख महिनाभित्रै एमालेसँग एकता हुने बताएका छन् । बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले केही मुख्य विषय टुंग्याउन बाँकी रहेका कारण बैशाख ९ गते एकता घोषणा हुन नसक्ने उनले बताए ।

यसकारण लम्बियो वाम एकता

एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीमा कुन पक्षको कति हिस्सेदारी हुने र दुवै अध्यक्षको भूमिका के हुने भन्ने मुख्य विवाद नसल्टिँदा एकता प्रक्रिया लम्बिएको छ । कम्युनिस्ट पार्टी स्थापना एवं लेनिन जयन्तीका अवसरमा वैशाख ९ गते एकता गर्ने मनस्थिति दुवै पक्षले बनाएका थिए ।

एमाले उदयपुरमा विवाद

जिल्ला कमिटी र सचिवालयमा जथाभावी सदस्या मनोनीत गरेको विषयलाई लिएर एमाले उदयपुरमा विवाद भएको छ । जिल्ला कमिटीको नियमित बैठकमा गणपूरक संख्या नै नपुगी विधान विपरीत मनोनीत गरेको भन्दै विवाद भएको हो ।

एमाले–माओवादी विवाद मिलाउने जिम्मा दुवै अध्यक्षलाई, एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

पार्टी एकता संयोजन समितिको बैठकले एमाले–माओवादी एकतामा देखिएको विवाद मिलाउने जिम्मा दुवै पार्टीका अध्यक्षलाई दिएको छ । 

एकता पत्याउने नै मूर्ख

एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता बीचैमा फँसेको छ । चुनावी तालमेलका लागि बनाइएको गठबन्धनलाई पार्टी एकतामा परिणत गर्ने भनी गरेको प्रचार पनि अन्तत: जनअनुमोदन भई करिब दुई तिहाइ मत ल्याउन सफल भएको थियो । चुनावी तालमेलका लागि बनाइएको यो गठबन्धनलाई अहिले तातो दूध निल्नु न ओकल्नु भइरहेको छ ।

पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा जारी

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।

एमाले स्थायी समिति बैठकको निष्कर्ष– ‘वैशाख ९ को एकता नधकेलौं’ 

एमालेले प्रस्तावित वैशाख ९ गते नै पार्टी एकता गर्नेगरी माओवादी केन्द्रसँग अधिकतम समझदारी निर्माण पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ । एकता प्रक्रियामा संशय उत्पन हुन थालेपछि त्यसको समीक्षा गर्न सोमबार बसेको एमाले स्थायी समितिको बैठकले एकतालाई पछि घकेल्ने अवस्था आउन दिन नहुने धारणा बनाएको छ ।

सकसपूर्ण पार्टी एकता

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सकसपूर्ण देखिँदै छ । प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति माओवादी केन्द्रका मन्त्रीहरूले असन्तुष्टि जनाउनु तथा बराबरीका आधारमा मात्र पार्टी एकता हुनुपर्छ भनी प्रचण्डले अभिव्यक्ति दिनु यसको ज्वलन्त उदाहरण हो ।

वाम एकता : वैशाख ९ मै घोषणा हुनेमा संशय

एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ ।