डोल्पामा हिउँ परेपछि कृषक खुसी

डोल्पामा हिमपात भएपछि कृषकहरू खुसी भएका छन् । कर्णालीका अन्य जिल्लाहरूमा हिमपात भए पनि डोल्पामा सोमबार मात्र हिमपात भएको थियो । थोरै भए पनि हिमपात परेपछि कृषकहरू खुसी भएका छन् । हिमपातले हवाई यातायात अवरुद्ध हुनुका साथै जनजीवन प्रभावित भएको छ । 

हिउँ पर्‍यो फुरुरु चन्द्रगिरीमा !  

काठमाडौं उपत्यका वरपरका डाँडामा सोमबार बिहान हिउँ परेसँगै ती स्थानहरुमा हिउँ खेल्न जानहरुको भीड लाग्न थालेको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहान हिमपात भएको हो ।

काठमाडौं वरपरका डाँडासहित उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हिमपात

काठमाडौं उपत्यकालाई घेरेका अग्ला डाँडासहित मुलुकका उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हिमपात भएको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहानदेखि हिमपात भइरहेको छ ।

हुम्लाको हाल : हिउँ नपरे दुःख बढ्छ

बारीमा गहुँ–जौ छरेको तीन महिना भइसक्यो । अझै टुसाएको छैन । हिमालमा अलिअलि मात्रै हिउँ छ । शुक्रबार पनि सिमकोट वरिपरि पातलो हिउँ पर्‌यो, बिलायो । हिउँदे बालीलाई पुग्ने जति परेन ।