विश्व
वैशाख १०, २०७६

हास्य कलाकार बने युक्रेनका राष्ट्रपति

युक्रेनका भोलोदिमिर जेलेन्स्की पहिले दर्शकलाई हँसाउँथे, अहिले उनको जिम्मेवारी फेरिएको छ । पछिल्लो चुनावमा उनी युक्रेनको राष्ट्रपति पदमा जित हासिल गरेका छन् । आइतबार भएको मतदानमा हास्य कलाकार भोलोदिमिर विजयी भएका हुन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् । 

प्राविधिक क्षेत्रमा पुरुष बढी 

नयाँ प्रविधिले जडतालाई तोड्छ । यसले मानिसको मानसिकतामा परिवर्तन गर्छ । तर, जब हामी प्रविधि उद्योग (टेक इन्डस्ट्री) मा विविधताको कुरा गर्छौं, तब सबैभन्दा ठूलो अवरोधका रूपमा आजको टेक लिडर्सको जड मानसिकता नै देखा पर्ने गर्छ ।

वैशाख ९, २०७६

श्रीलंकाको विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुग्यो

श्रीलंकामा आइतबार चर्च र होटलमा भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार करिव ५ सय जना घाइते छन् । प्रहरीका अनुसार विस्फोटमा दर्जनभन्दा बढी विदेशी नागरिकको मृत्यु भएको छ ।

विस्फोटको निसाना चर्च र होटल

श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम विस्फोट घटनाप्रति विश्वका नेताले भर्त्सना, निन्दा र दुःख प्रकट गरेका छन् । उनीहरूले रक्तपातपूर्ण आक्रमणलाई ‘सिंगो मानवतामाथिको हमला’ भनी प्रतिक्रिया दिएका छन् ।

वैशाख ८, २०७६

श्रीलंका आक्रमणको विश्वका नेताद्वारा भर्त्सना

श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम विस्फोट घटनाप्रति विश्वका नेताले भर्त्सना, निन्दा र दुःख प्रकट गरेका छन् । उनीहरूले रक्तपातपूर्ण आक्रमणलाई 'सिंगो मानवतामाथिको हमला' भनी प्रतिक्रिया दिएका छन् ।

ADVERTISEMENT

कोलम्बोस्थित एक होटलमा पुन: विस्फोट, राजधानीमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सञ्जाल चलाउन रोक

श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।

श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा मृतकको संख्या २ सय ७ पुग्यो, ४५० भन्दा बढी घाइते [अपडेट]

श्रीलंकामा आइतबार ८ ठाउँमा भएका शृखंलाबद्ध विस्फोटमा २०७ को मृत्यु भएको छ भने ४ सय ५० भन्दा बढी घाइते भएका छन् । तीन चर्च र ४ होटलसहित ८ स्थानमा विस्फोट भएका हुन् । पश्चिमी तटीय सहर नेगोबोको प्रख्यात सेन्ट सेबेस्टियन चर्च, पूर्वी तटीय सहर बाट्टीकालोआको जियोन चर्च र कोलम्बोको कोच्चिकाडे जिल्लास्थित सेन्ट एन्थोनी चर्च, कोलम्बोका ठूला होटलहरू सांग्रिला, किङ्सबरी तथा सिनामन ग्रान्ड, देहीवालाको एउटा होटल तथा देमातागोडाको एउटा घरमा विस्फोट भएका हुन् । 

भारतीय प्रधान न्यायाधीशमाथि यौन दुर्व्यवहार आरोप

भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ । एक पूर्व सहयोगीले उनीमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् ।

इजिप्टमा संविधान संशोधनबारे जनमतसंग्रह

इजिप्टमा संविधान संशोधन प्रस्तावमाथिको जनमतसंग्रहका लागि शनिबार मतदान सुरु भएको छ । तीन दिनसम्म जारी मतदानले इजिप्टका राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्तावसहितको संविधान संशोधन गर्ने मार्ग प्रशस्त गर्नेछ ।

वैशाख ७, २०७६
ADVERTISEMENT
ADVERTISEMENT

कन्हैयालाई पछ्याउँदा

जेएनयूमा विद्यार्थी समूहले संसद हमलाका दोषी अफ्जल गुरु र कश्मीरी पृथकतावादी मक्बुल भाटलाई फाँसी दिएको विरोधमा कार्यक्रम राखे । त्यसमा भारत विरोधी नारा लागेपछि जेनएयू प्रशासनले कारबाही त गर्‍यो नै, राजद्रोहको मुद्दामा पक्राउ परे कन्हैयासहित ।

ट्रम्पले पठाए किमलाई सन्देश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निःशस्त्रीकरण गराउने विषयमा संवादका लागि सन्देश पठाएका छन् ।