कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

पर्यटन वर्ष २०११/ 'जाऊँ है नेपाल'

काठमाडौं —

नेपाल पर्यटन वर्ष, २०११ लाई सफल बनाउन  'जाऊँ है नेपाल' नामक अभियान सुरु हुने भएको छ । पाँच नेपाली युवाले थालेको यो अभियानलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्नेछ । विदेशमा बस्ने गैरआवासीय ने

पालीलाई नै स्वदेश भ्रमणमा प्रोत्साहित गर्न अभियान थालिएको टोलीका सदस्य आलोक योन्जनले बताए । 'अभियानअन्तर्गत हङकङ, कोरिया, जापान र अस्ट्रेलियाका विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम, फोटो प्रदर्शनी र वृत्तचित्र देखाइनेछ,' उनले भने । पढ्न तथा काम गर्न विदेश गएका र गैरआवासीय गरी अस्ट्रेलियाको सिड्नीमा मात्र डेढ लाख नेपाली छन् । अभियानमा कलाकार सविन राई, कोमल वली र मन्त्र ब्यान्ड रहनेछन् । आगामी जेठ ६ गतेदेखि सुरु हुने अभियानले नेपाल भित्रने नेपालीरविदेशी दुवै पर्यटक संख्यामा वृद्धि गर्ने योन्जनले बताए । गैरआवासीय नेपाली यहाँ आउँदा विदेशी पर्यटकसरह नै खर्च गर्नसक्ने भएकाले पनि अभियानको मुख्य लक्षित समूह उनीहरू रहेको सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले अभियानलाई सहयोग गर्न आफू तयार रहेको बताए । 'सहयोग गर्छौं,' उनले भने, 'तर अभियानले नेपाल भित्रने पर्यटक संख्या कति बढाउनसक्छ त्यसबारे पर्यटन बोर्डले अध्ययन गर्नु जरुरी छ ।'

प्रकाशित : चैत्र ११, २०६५ ०२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?