अन्य
भाद्र २, २०७६

एनआरएन मलेसियाको अध्यक्षमा भट्टराई 

एनआरएन मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत चयन भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षमा क्रमश: सुन्दर आले र ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्षमा सुभद्रा लिंङ्देन, महासचिवमा हेमराज सापकोटा, सचिवमा रन्जित क्षेत्री र नेत्र केसी, कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा रबिलाल अधिकारी सर्वसम्त रुपमा चयन भएका छन् । 

श्रावण २१, २०७६

हृयाम्समा रुफटप हेलिप्याड सुचारु

धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी( हृयाम्स)ले सोमबारदेखि ‘रुफटप हेलिप्याड’ सहितको सेवा सुरु गरेको छ । अस्पतालले मुलुकको भौगोलिक अवस्था अनुकूल छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्न एयर एम्बुलेन्स सेवा विस्तार गरिएको जनाएको छ ।

श्रावण २०, २०७६

अन्तर्राष्ट्रिय शान्तिवादी संस्थामा नेपाली युवा

शान्ति तथा अहिंसा अभियानकर्मी नेपाली युवा सुभाषचन्द्र कट्टेल अन्तर्राष्ट्रिय शान्तिवादी संस्था ‘वार रेसिस्टर्स इन्टरनेशनल’ को सञ्चालक परिषद्मा चुनिएका छन् ।

श्रावण १९, २०७६

एबी इबेभका बियर काठमाडौंमा

राज ब्रुअरी प्रालि र एन्ह्युजर–बस्क इनबेभका बीच केही प्रख्यात बियर ब्रान्डहरूको उत्पादन र बिक्री वितरण गर्ने सम्बन्धमा सम्झौता भएको छ  । अब एबी इनबेभका स्थानीय रूपमै उत्पादन गरिएका केही बडवाइजर, बडवाइजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरको आनन्द ग्राहकले लिन पाउनेछन्  ।

श्रावण १६, २०७६

गरिब दासीय प्रधानाचार्यको निधन

हिन्दू पद्धतीमा गरिब दासीय सम्प्रदायका प्रधानाचार्य महामण्डलेश्वर डा.श्यामसुन्दर दास शास्त्रीको ९८ वर्षको उमेरमा बुधबार राति हरिद्वार आश्रममा निधन भएको छ । 

श्रावण १०, २०७६
ADVERTISEMENT
ADVERTISEMENT

ग्लोबल रिच अष्ट्रेलियन शैक्षिक मेला हुने

ग्लोबल रिचले अस्ट्रेलिया जाने विद्यार्थीहरुको सुविधाका लागि शैक्षिक मेला आयोजना गर्ने र्भको छ । मेला यही साउन ११ गते शनिबार होटल अन्नपूर्णमा हुने आयोजकले जानकारी दिएको छ ।

श्रावण ९, २०७६

योगा स्कुल स्थापना

स्वदेशमै दक्ष योगा शिक्षक उत्पादन गर्नका लागि ललितपुरस्थित थसीखेलमा नेपाल स्कुल अफ योगा स्थापना भएको छ । यो स्कुल विश्व योगा एलाइन्सबाट सम्बन्धन प्राप्त हो । कतारमा १२ वर्ष श्रम गरी फर्केका चितवनका दीपक भेटवालले योगा स्कुल स्थापना गरेका हुन् ।

श्रावण ७, २०७६

हुवावेको वाई नाइन प्राइम बजारमा

विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी हुवावेले पप–अपक्यामरा भएको ‘वाई नाइन प्राइम २०१९’ नेपाली बजारमा ल्याएको छ ।

श्रावण ६, २०७६

योजनाको ‘चुलो निम्तो’ सार्वजनिक 

गायिका योजना पुरीको चुलो निम्तो नामक गित सार्वजनिक गरेकी छन् । गीतकार रविन विष्टको शब्द रचना, गौरव दर्पणको संगीत र संजीब बराइलीको संगीत संयोजन रहेको उक्त गीत सरल रुपमा प्रस्तुति गरिएको छ । 

श्रावण २, २०७६

अल्फाबिटा अस्ट्रेलियन एजुकेसन फेयर जुलाई २४ मा

यस वर्षको अल्फाबिटा अस्ट्रेलियन एजुकेसन फेयर जुलाई २४ गते हुने भएको छ ।  अल्फबिटाका बुद्ध नगरस्थित कार्यालयमा हुने उक्त मेलामा अस्ट्रेलियका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागी हुनेछ ।