कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुन्डाईको विद्युतीय कार

काठमाडौँ — हुन्डाईले नेपाली बजारलाई लक्षित गरी ‘कोना ईभी’ कार सार्वजनिक गरेको छ । वितरक लक्ष्मी इन्टरनेशनलले हुन्डाईको उक्त नयाँ विद्युतीय गाडी भित्र्याएको हो । 

हुन्डाईको विद्युतीय कार

स्पोट्र्स यूटिलिटी भेहिकल (एसयूभी) डिजाइको यो कार जस्तोसुकै प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने दाबी कम्पनीको छ । यो पूर्ण रूपमा इलेक्ट्रिक सबकम्प्याक्ट एसयूभी भएको कम्पनीले जनाएको छ ।


कम्पनीका अनुसार नेपाली बजारमा यसको सुरुवाती मूल्य करिब ५२ लाख तय गरिएको छ । यो कार १३५ पीएस पावरको छ । यसको अगाडिको चक्कामा करिब ४० किलोवाट आवर लिथियमियन पोलिमर ब्याट्री राखिएको छ । एक पटकको चार्जमा कार तीन सय किलोमिटर पूर्ण क्षमतामा गुड्न सक्ने कम्पनीले जनाएको छ । कारमा फरक टम–बटम एलईडी डीआरएल र हेडल्याम्प छ ।


गाडीको रेअर ल्याम्प एलईडी रहेको कारमा अटोहोल्ड सुविधाको इलेक्ट्रिक पार्किङ ब्रेकसमेत रहेको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय कार निर्माताहरूले विद्युतीय सवारी उत्पादनमा जोड दिन थालेसँगै नेपाली बजारमा पनि विद्युतीय बस र कार भित्रिने क्रम जारी छ । सरकारले पनि भविष्यमा विद्युतीय सवारीलाई प्राथमिकता दिने घोषणा गरेको छ ।


विद्युतीय सवारीलाई प्रोत्साहित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसहित अन्य केही सरकारी अधिकारीहरूले पनि यस्तै सवारी प्रयोग गर्न थालेका छन् । केही निजी कम्पनीहरूले आप्उपभोक्ताको सहजताका लागि काठमाडौंका विभिन्न स्थानमा चार्जिङ स्टेसन पनि राखेका छन् ।

प्रकाशित : माघ २०, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?