कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेश्माको उपचारका लागि २ लाख सहयोग

काठमाडौँ — दुवै मृगौलाले काम गर्न छाडेपछि सिकिस्त बनेकी मोरङ्को उर्लावारी-३ की १३ वर्षीया रेश्मा शेर्माको उपचारका लागि हङकङमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।

उनीहरुले स्थापना गरेको याउ मा तेई सहयोगी समाज मार्फत् रेश्माको उपचारका लागि नगद २ लाख सहयोग पठाएका छन् ।हङ्कङ्मै रहेका स्थानीय राजकुमार लिम्बूको पहलमा उक्त रकम शेर्माको उपचारका लागि पठाइएको हो ।

सन् २०१८ मा स्थापना गरिएको उक्त संस्थाले असाहय,गरिब,पीडित वर्गहरुलाई सहयोग गर्दै आएको संस्थाकी कोषाध्क्ष मनु लिम्बूले जानकारी दिईन् ।


खर्च अभावका कारण रेश्माको मृगौला प्रत्यारोपण हुन पाइरहेको छैन । रेश्मालाई उनकी आमाले मृगौला दान गर्ने भएकी छन् ।

प्रकाशित : माघ २६, २०७५ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?