कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यायोक्खाको १०औँ महाधिवेशन धरानमा हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — किरात राई यायोक्खाको १०औँ महाधिवेशनका लागि १८ मुलुकमा छरिएका किरात राईहरू धरानमा भेला हुने भएका छन् । ‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आह्वान’ भन्ने नारासहित यही फागुन १८ देखि तीन दिनसम्म यायोक्खाको महाधिवेशन हुँदैछ । 

‘यायोक्खाको छैटौँ महाधिवेशनले ऐतिहासिक किरात भूमिलाई किरात प्रदेश हुनुपर्छ भनेर राजनीतिक मुद्दा पारित गरेको हो,त्यसयता अनावरण संघर्षमा छौँ,’ यायोक्खाका अध्यक्ष तिलक राईले भने,‘मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर संविधान कार्यान्वयनमा आइसकेको स्थितिमा हाम्रा मागलाई बेवास्ता गरिएको स्थिति छैन । त्यसैले दसौँ महाधिवेशनको एकमात्र लक्ष्य प्रदेश नं.१ को नाम किरात प्रदेश हुनुपर्छ भन्ने रहेको छ ।’


२०४७ सालमा स्थापित यायोक्खा किरात राई जातिको एकमात्र सामाजिक छाता संस्था हो । किरात राई जातिभित्र २८ वटा भाषिक समूह रहेका छन् । यायोक्खाको २४ जिल्ला समिति, ८ वटा भातृसंगठन, २८ वटा भाषिक संस्था छन् ।


त्यसै गरी हङकङ, बेलायत, अमेरिका, भारत, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, यूएई लगायत १७ देशमा यायोक्खा गठन भई क्रियाशील छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?