कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गजल म्युजिक भिडियो सहित सुरेश

काठमाडौँ — गजलकार सुरेश वाग्ले नयाँ म्युजिक भिडियोसहित गजलपारखीमाझ आएका छन् । अन्जु पन्त र जगदीश समालेको स्वर रहेको रोमान्टिक गजलले भन्छ:

बिस्तारै मुटुभित्र बस्नुको मज्जा बेग्लै छ

तिमीलाई सम्झेर बस्नुको मज्जा बेग्लै छ...


किरण श्रेष्ठद्वारा संगीतबद्ध गजलको सङ्गीत संयोजन किरण कँडेलले गरेका हुन् । म्युजिक भिडियो विक्की पुलामीले निर्देशन गरेका हुन्, जसमा अभिनेता दिलीप रायमाझी र अकेशा विष्टको अभिनय हेर्न सकिन्छ । सागर शंकरले खिचेको भिडियो फराज अर्पणले सम्पादन गरेका हुन् । उक्त गजल वाग्लेको एल्बम ‘तिमी साथ भएपछि’ मा समावेश छ । एल्बममा नौ गजल छन् ।


‘श्रोताहरूले यसलाई मेरा अरू म्युजिक भिडियोलाई झैँ माया दिनुहुन्छ भन्ने विश्वास छ,’ सुरेशले भनेका छन् । करिब दुई दशकदेखि गजल सिर्जनामा लागि परेका सुरेश अमेरिकाको बोस्टनमा बस्दै आएका छन् । त्यहाँ उनले हिमालयन हेरिटेज कल्चरल एकेडेमी सञ्चालन गरेका छन् ।

प्रकाशित : चैत्र २३, २०७५ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?