कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साओमीको रेडमी नोट ७ बजारमा

काठमाडौँ — साओमीले उच्च प्रविधियुक्त रेडमी सिरिज अन्तर्गतको रेडमी नोट ७ र रेडमी ७ एकसाथ बजारमा ल्याएको छ ।

साओमीको रेडमी नोट ७ बजारमा

साओमीको रेडमी नोट ७ मा ४८ मेगापिक्सलको रियर क्यामेरा र उच्चस्तरको ग्लास, क्वालकोम स्न्यापड्रागन ६६०, कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरुको प्रदर्शन र ब्याट्री क्षमता साथै मजबुत र टिकाउ युक्त रहेको कम्पनीले बताएको छ । यो फोन स्पेस ब्ल्याक्, नेप्चुन ब्लू र नेबुला रातोमा उपलब्ध छ । कम्पनीका अनुसार ३ जिबि, ३२ जिबिको २१,९९९, ४ जिबि, ६४ जिबिको २४,९९९ र ४ जिबि, १२८ जिबिको २६,९९९ रुपैयाँ बजार मूल्य रहेको छ ।


साथै रेडमी ७ न्यून मूल्यमा उच्चकार्य वहन क्षमता रहेको फोन पनि बजारमा ल्याएको छ । जसमा क्वालकोम स्न्यापड्रागन ६३२, डट ड्रप डिजाइन, अक्तिरित्त टिकाउ, ब्याट्री क्षमता र उच्च ध्वानी क्षमता रहेको छ । रेडमी ७ को २ जिबि १६ जिबिको १४,९९९, ३ जिबि, ३२ जिबिको १६,९९९ रुपैयाँ बजार मूल्य रहेको छ ।


प्रकाशित : चैत्र २४, २०७५ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?