कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किवानिज क्लबद्वारा विद्यार्थीलाई सहयोग

काठमाडौँ — किवानिज क्लब अफ हिमालयले ललितपुरस्थित चोइना विना गुरु गणेश आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । घरेलु कामदार र विपन्न वर्गका विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयका ६५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष रोशन तिम्सिनाले बताए । 

किवानिज क्लबद्वारा विद्यार्थीलाई सहयोग

किवानिज क्लबले यसअघि सोही विद्यालयमा विद्यार्थीहरुलाई विद्यालय पोशाक निःशुल्क रुपमा वितरण गरेको थियो । क्लबले रक्तदान, पोषण, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको अध्यक्ष तिम्सिनाले जानकारी दिए ।


प्रकाशित : जेष्ठ ३, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?