कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सन् १९३० मा आजकै दिन : जेलमा आगलागी हुँदा ३ सय २० को मृत्यु

काठमाडौँ — आजकै दिन (अप्रिल २१) सन् १९३० मा अमेरिकाको ओहायो राज्यको कोलम्बसस्थित एउटा जेलमा आगलागी हुँदा ३ सय २० जना कैदीको मृत्यु भएको थियो । यो आगलागीलाई अमेरिकाको जेलमा भएको सबैभन्दा भयानक दुर्घटना मानिन्छ ।

सन् १९३० मा आजकै दिन : जेलमा आगलागी हुँदा ३ सय २० को मृत्यु

१५ सयको क्षमता भए पनि आगलागी हुँदा कारागारमा ४३ सय जना कैदी थिए । आगलागी हुँदा जेलको क्षमता विस्तारको काम भइरहेको थियो । त्यही विस्तारको काम चलिरहेकै भागमा अप्रिल २१ को राति सल्किएको आगोले पूरै कारागारलाई आफ्नो लपेटामा लिएको थियो ।

सुरक्षाकर्मीले समयमै आगो नियन्त्रण र उद्धार नगरेपछि कैदीहरू तोडफोडमा उत्रिएका थिए । आगो नियन्यण हुँदासम्म ३ सय २० जनाको ज्यान गइसकेको थियो भने १ सय ३० जना गम्भीर घाइते भइसकेका थिए । सन् १८३४ मा बनेको यो जेल आगलागीअघि नै खराब व्यवस्थापनका लागि बदनाम थियो । सन् १८४९ मा कारागारभित्र हैजा फैलिँदा १ सय २१ जना कैदीको मृत्यु भएको थियो ।

प्रकाशित : वैशाख ९, २०८१ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?