लोकेश ढकाल

कांग्रेसमा विधानको बहस

आफ्नै नेतृत्वको सरकारले गरेको तीनै तहको निर्वाचनमा लज्जास्पद पराजय भोगेर पनि कुनै चेत नखुलेको, अझै आन्तरिक गुटबन्दीमा रमाएर बसेको पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस आसन्न महासमिति बैठकबाट विधान संशोधन तथा परिमार्जन गर्न जुटेको छ ।

कांग्रेसका पीडा

स्थानीय निर्वाचन सकिएको १० महिना र प्रदेशसभा एवं प्रतिनिधिसभा निर्वाचन सकिएको करिब ४ महिनापछि निर्वाचन पराजयका विषयमा समीक्षा गर्न चैत ९ गतेदेखि वैशाख १६ गतेसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीनै तहको निर्वाचन पराजयको विषयमा समीक्षा गर्न पूर्णरूपमा असफल भयो ।

प्रश्न : कांग्रेस पराजयको समीक्षा 

प्रदेश एवम् संघीय तहको निर्वाचन सम्पन्न भएको झण्डै चार महिना पछि निर्वाचनमा लज्जास्पद पराजय भोगेको नेपाली कांग्रेसले पराजयका विषयमा समीक्षा गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बाेलाएको छ ।

देशले बिर्सिएको राजनेता

आज राजनेता सुवर्ण शमशेर राणाको १०७ औं जन्म–जयन्ती । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद पराजय भोगेर आहत भएर बसेको नेपाली कांग्रेसलाई आफ्नो संस्थापक नेता, पूर्व सभापति सुवर्ण शमशेर राणाको जन्म–जयन्तीको हेक्का होला, नहोला ! सम्भवत: पार्टीको कुनै तहले आफ्ना यी महान नेताको सम्मानमा आज कतै–कुनै कार्यक्रम आयोजना गरेको समाचार पढ्न पाइने छैन ।

नेपाली राजनीतिका मिथक

संयोगले गणेशमान सिंहको २० औं पुण्य–स्मृति दिवसका दिन आज प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदैछ । गणेशमान सिंहको आफ्नो पुरै जीवन जनताका निर्वाचित प्रतिनिधिले शासन गर्ने प्रजातान्त्रिक पद्धतिका लागि संघर्ष गरेर देश र जनताको पक्षमा समर्पण गरेर बित्यो ।

लोकेश ढकालका लेखहरु :

बीपी दर्शन र कांग्रेस

देशका ६ प्रदेशमा दुई चरणमा गरिएको स्थानीय तहको निर्वाचनले स्थानीय सरकार गठन हुनु नेपाली राजनीतिको सुखद पक्ष हो । तर दुर्भाग्यवश २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनलाई असोज २ मा सारिएको छ ।