साधना प्रतीक्षा

चाडपर्वमा महिलालाई चटारो

‘मलाई चाडपर्व आयो कि दिक्क लाग्छ, केवल एउटा बोझजस्तो ।’ ‘मलाई पनि त्यस्तै लाग्छ । पहिले सानो छँदा दसैं, तिहार, तीज कहिले आउला भनेर महिना दिनदेखि औंला भाँच्थेँ, अहिले त चाड जति नजिक आयो, उति हैरान हुन्छु ।’ 

शक्ति पूजा र बलि प्रथा

शक्तिस्वरूपा दुर्गा भवानीप्रति आस्थावान भएर पनि म नवरात्रिभर शक्तिपीठमा जाने रहर गर्दिन  । त्यहाँको रक्तरञ्जित भूमिमा पाउ राख्ने सामथ्र्य ममा छैन  ।

लिंगपूजा र यौनहिंसा

महिला तथा बालिका यौनजन्य हिंसाले आक्रान्त भइरहेका बेला शिवलिङ्ग र लिङ्गपूजालाई नारी उत्पीडन तथा यौन हिंसासँग जोडेर केही अभिव्यक्ति आए । सामाजिक सञ्जाल तथा केही पत्रिकामा विचारका रूपमा प्रस्तुत यस्ता अभिव्यक्ति आपत्तिजनक मात्र नभएर हास्यास्पद पनि देखिए ।

आमाको खुसीका लागि

जगत्माता पार्वतीले आफ्नो शक्ति पहिचान गरेर महाकाली अवतार धारण गरी अशूरहरूसँगको युद्ध जितेपछि अनियन्त्रित भएको उनको ऊर्जा नियन्त्रणमा नआएपछि महादेव भूमिशयन भए र महादेवको छातीमा पाउ परेपछि मात्र महाकाली शान्त भइन् । ग्लानि गर्दै पार्वतीले महादेवबाट आइन्दा त्यसो नगर्ने वचन लिइन् ।

बाल यौनहिंसा न्यूनीकरणका उपाय

केही समयअघि अखबारको मुखपृष्ठमा स्वयम्भू बस्ने एक महिला बलात्कारपछि हत्या गरिएकी आफ्नी १० वर्षे छोरीको तस्बिर लिएर टोलाइरहेको दृश्य छापिएको थियो । हरेक दिनका समाचारमा कुनै न कुनै बालिका तथा किशोरी यौनजन्य हिंसाका सिकार भएका देखिन्छन् ।

साधना प्रतीक्षाका लेखहरु :

नारीवाद : समानता कि अग्रता ?

एउटा जागिरे पति आफ्ना घरेलु आवश्यकता तत्कालै पूरा हुन नसक्दा गृहिणी पत्नीलाई हकार्छ, ‘मरीमरी कमाएर यसरी सुखशयलमा राखेको छु र पनि यति गर्न सक्दिनस् ?’ पत्नी उसका यस्ता हप्काइलाई सहजै शिरोधार्य गरेर उसको सेवामा खटिन्छे । कुनै प्रतिक्रिया या नौलो अनुभूति हुँदैन उसलाई, किनकि यो नै उसको दैनिकी हो ।

फेसबुकले बिथोलेको दैनिकी

घाटको ब्रह्मनालमा राखिएको पार्थिव शरीरको फोटो सेयर गरिएको अनि त्यसलाई दिइएका असंख्य ‘लाइक’ देख्दा म चकित भएँ । अनायास मुखबाट निस्क्यो, ‘धन्य फेसबुक संस्कृति !’ प्रश्न आफैसँग गरेँ, ‘मृत्यु पनि लाइक हुन्छ र ?’ केटाकेटीमा पढेकी थिएँ, ‘लाइक’ले मनपराउनु भन्ने अर्थ दिन्छ ।

विश्वविद्यालयको हविगत

उनी मेरी स्कुले साथी । स्कुलको पढाइपश्चात् उनी बिदेसिए पनि हाम्रो मित्रताले निरन्तरता पाइरहेको थियो । उनी मलाई पनि उताको पढाइ, जीवनशैली, सुख–सुविधा आदिबारे बताउँदै वैदेशिक जीवनबारे प्रेरित गरिरहन्थिन् । देशमा समय–समयमा देखिएको असहज परिस्थिति तथा राजनीतिक उतार–चढाव या यस्तै अन्य घटना हुनासाथ यहाँ बसेर भविष्य बन्दैन भन्दै राहदानी र भिसाको प्रक्रिया सुरु गर्न भन्थिन् ।

बिहे गर्नु अपराध हो ?

काम विशेषले विश्वविद्यालयको कुनै निकायमा पुग्दा पालो पर्खिरहेकी एक युवतीलाई देखेँ । भर्खर हिँड्न लागेको बालकले उनलाई निकै सताइरहेको थियो । काखमा लिएर यताउता डुलाउँदै, केही खुवाउँदै उनले फकाइरहेकी थिइन् ।

मुखिया प्रवृत्ति

कुनै गाउँका मुखियालाई शिखर यात्रामा जान मन लागेछ । सबै गाउँलेले पत्याएका अनि आफ्नो अगुवा मानेका हुनाले उनको कुरामा गाउँलेको असहमति हुने प्रश्नै रहेन । उनको इच्छा र चाहनाको सम्मान गर्दै गाउँलेहरू पनि साथ लागेछन् ।