२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

भवानी भट्ट

भवानी भट्टका लेखहरु :

शिक्षकलाई पदस्थापनमा रोक

स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारी हाजिर हुन नदिएर फिर्ता पठाउने गरेको घटना बेलाबेला सुनिन्छन् । कर्मचारी मात्रै होइन, अब शिक्षक पनि हाजिर हुनबाट रोकिएका छन् । यहाँको बेलडाँडी गाउँपालिकाले हालै नियुक्ति लिएका शिक्षकलाई हाजिर हुन नदिएको हो ।

धमाधम विद्यालय समायोजन गर्दै स्थानीय तह

शुक्लाफाँटा नगरपालिका–७ शान्तीपुर आधारभूत विद्यालयमा तीन जना शिक्षक र १५/२० जना विद्यार्थी हुन्थे । गत शैक्षिक सत्रमा पनि बालविकास कक्षाका समेत लगाएर २० विद्यार्थी मात्रै थिए । लामो समयदेखि विद्यार्थी संख्या घट्दै गएपछि उक्त विद्यालयलाई नजिकैको धर्म जनता माध्यमिक विद्यालय स्टेशनपुरमा समायोजन गरिएको छ ।

सरसफाइ गरिदै रानी ताल 

चारैतिर नरकट, जलकुम्भी लगायत मिचाहा प्रजातिका वनस्पतिले भरिएको । ताल हो कि मैदान चिन्नै गाह्रो । कहीँ कतै मात्रै पानी देखिने । यो अवस्था शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानी तालको हो । तर अहिले भने रानीतालको अवस्था केही परिवर्तन भएको छ ।

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

बाँकेको बैजनाथ गाउँपालिका–८ फत्तेपुरका उदयराम थारु मंसिर अन्तिम साता पहिलो पटक मजदुरीका लागि साथीभाईसँगै भारत पसे । निस्किने बेला उनलाई मेट (अगुवा)ले घर खर्च भन्दै ५ हजार नेपाली रुपैयाँ दिएका थिए । त्यसपछि १७ जनासँगै उनी पनि भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रको उच्चाकोट पुगे ।

कतारी अमिरको नेपाल भ्रमणमा विपिनको रिहाइबारे कुरा गर्छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको बताएका छन् । उनले कतारी राजा अमिरको आसन्न नेपाल भ्रमणका क्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिए ।  

शुक्लाफाँटामा बाघको नामकरण

भर्खर आमाबाट छुट्टिएर आफ्नो बासस्थान बनाउन जंगल विचरण गरिरहेको करिब ४/५ वर्षको भाले बाघको नाम अब युवराज भएको छ । उस्तै उमेर र अवस्थाको अर्को भालेको नाम राजकुमार राखिएको छ । राजकुमार र युवराज मात्रै होइन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका सबै बाघको नामकरण गरिएको छ ।

शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४४ पुगेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो । वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार गणनाको नतिजा सार्वजनिक गरिएको हो । 

चितवनका घडियाल शुक्लाफाँटामा मख्ख

एक महिनाअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर नदीमा छाडिएका घडियाल गोही चौधर नदीमा बिचरण गरिरहेका छन् । चौधर नदीको पिटरघाटदेखि राधापुर क्षेत्रसम्मको १५ किलोमिटर क्षेत्रमा गोहीहरु रमेका छन् । चैत पहिलो साता चितवनको कसरा क्षेत्रबाट ल्याइएका २५ वटा गोही चौधर नदीमा छाडिएको थियो ।

शुक्लाफाँटामा देखिएन खर मजुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो चरणको अनुगमनमा खर मजुर देखिएको छैन । निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षण संघले संयुक्त रुपमा चैत तेस्रो साता गरेको अनुगमनका क्रममा संकटापन्न अवस्थामा रहेको खर मजुर नदेखिएको हो । 

भारतको लोकसभा निर्वाचनका लागि तीन दिन नाका बन्द हुने 

भारतको लोकसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी र ब्रम्हृदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पहिलो चरणको निर्वाचनका लागि मंगलबारदेखि (वैशाख ४ गते सांझ ५ः १५ वजेदेखि देखि ७  गते ५ः १५ सम्म ) नाका बन्द हुने जनाएको छ ।