१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

हिमेश

हिमेशका लेखहरु :

नवितासामु ‘स्वप्निल’ अवसर

एउटा जुगमा यस्तो अवसर एकैपल्ट मात्र आउँछ । नेपालमा पहिलो पटक टेबलटेनिसको दक्षिण एसियाली ओलम्पिक छनोट हुन लागेको छ । यसबाट एक–एक पुरुष र महिला खेलाडीले सिधै पेरिस ओलम्पिक २०२४ मा प्रवेश पाउनेछ । यस्तोमा टेबलटेनिसको निर्णायक ओलम्पिक छनोट प्रतिस्पर्धा हुन लागेकै यो नेपालमा पहिलो पटक हो । अझ रमाइलो त के भने नेपाली टेबलटेनिस खेलाडीले ओलम्पिक छनोटमा खेल्न लागेको पनि पहिलो पटक नै हो । 

'हिरामन्डी'को चर्चापछि मनीषा भन्छिन् : हामीले सक्दो राम्रो गर्ने हो 

‘हिरामन्डी : द डायमन्ड बजार’ को चारैतर्फ चर्चा चुलिरहेका बेला त्यसमा प्रमुख भूमिका निभाएकी मनीषा कोइराला खुसी छिन्, अहिलेसम्म प्राप्त प्रतिक्रियालाई लिएर । नेटफ्लिक्समा रिलिज हुनुअगाडि उनी त्यसको प्रमोसनमा खुबै व्यस्त रहिन् । मनीषा आइतबार राति काठमाडौं आइपुगिन्, सायद केही थाकेकी हुनुपर्छ ।

तीन सयलाई आउट गर्ने माही

अन्तर्राष्ट्रिय क्रिकेटबाट महेन्द्रसिंह धोनीले संन्यास लिएको धेरै भइसक्यो । अब त उनी ४२ वर्षका पनि भइसके । अझै आईपीएल खेलिरहेका छन्, चेन्नाई सुपर किंग्सका लागि । जतिजति बेला उनी ब्याटिङका लागि ओर्लिन्छन्, जहाँसुकै खेलेको खेल भए पनि पूरा रंगशाला गुञ्जायमान हुन्छ । सबैले भनिरहेका हुन्छन्– माही, माही । यो कति साह्रो चर्को हुन्छ भने एउटा घटनाले दर्शाउँछ ।

‘खामोसी’की मनीषा २८ वर्षपछि ‘हिरामन्डी’मा

यतिबेला अभिनेत्री मनीषा कोइराला साह्रै खुसी छन् । उत्तिकै उत्साहित पनि छिन् । उनी अभिनीत सिरिज ‘हिरामन्डी : द डाइमन्ड बजार’ आज (मे १) देखि रिलिज भएको छ । यसलाई नेटफ्लिक्समा हेर्न सकिन्छ ।

‘ननस्टप’ रजनीकान्त

तमिल सुपरस्टार रजनीकान्त जति चर्चित छन्, त्यति नै सरल र उदार । संसारभर करोडौं फ्यान छन् । उनी उमेरले सात दशक नाघिसके । तर फिल्मी क्षेत्रमा अझै पनि निकै सक्रिय । नायक मात्र होइन, चरित्र अभिनेता होस् वा खलनायकको भूमिकामा निकै जम्छन् उनी । पर्दामा भयंकर एक्सन गरिरहेका उनी वास्तवमा भने निकै सरल रजनीकान्तको कुरै बेग्लै । उनको पछिल्लो पिःम याद छ ? त्यसमा उनी जेलर थिए । 

शशांकको सनसनी

यस सिजनमा शशांकले निकै राम्रो खेलेका छन् । उनी निकै भलादमी पनि छन् । उत्तिकै विशेष खेलाडी पनि हुन् । उनी जत्तिको खेलाडी हुनु ठूलै कुरा हो । उनले जसरी खेलिरहेका छन्, त्यो अविश्वसनीय छ ।’ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा शुक्रबार राति पञ्जाव किंग्सले कीर्तिमानी जित निकालिसकेपछि जोनी बियरस्टोले यस्तो प्रतिक्रिया दिएका थिए ।

दुई किनाराको जय–पराजय

वस्ती र सहर सीमा–रेखाले मात्रै छुट्याउँदैन्, फुटबलले पनि छुट्याउँछ । इटालीको प्रसिद्ध सहर मिलान पनि यस्तै उदाहरण हो । यो सहरको एउटा परिचय भन्नु नै फुटबल हो । 

‘वार टु’ मा रजाटोसको इन्ट्री

स्पिरो रजाटोस । हलिउड पछ्याउनेका लागि यो नयाँ नाम होइन । सुरुमा उनी स्टन्टम्यान थिए । पछि स्टन्ट डाइरेक्टर भए । त्यसपछि कलाकार र निर्देशक पनि भए । तय छ, उनको निर्देशन गर्ने सिनेमा पनि त ‘एक्सन’ ले भरिएको हुनुपर्छ । विश्वभर सबैभन्दा बढी रुचाइने सुपरहिरोमध्येमा पर्छ, क्याप्टेन अमेरिका ।

ब्लकबस्टर बट्लर

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत मंगलबार भएको खेल हेर्ने सबैको मनमा लागेको हुनुपर्छ, जस बट्लर किन बेन्चतिर छन् त ? एडेन गार्डेनमा भएको खेलमा भिडेका थिए, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स । यस सिजन सबैभन्दा बढी लयमा देखिएका दुई टिमबीचको खेल थियो, यो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताको इनिङ्सका बेला यी इंग्लिस खेलाडी मैदानबाहिर थिए, दर्शकजस्तै । 

पुल–अपमा अविश्वसनीय कीर्तिमान

मानवीय क्षमताको सीमा कतिसम्म हुन्छ ? खेल विज्ञानका लागि यो निकै रुचिको विषय हो । तर उत्तर भने सजिलो छैन । के म्याराथन अबको केही वर्षमा दुई घण्टाभन्दा कम समयमा दौडिने को आउला त ? पछिल्लो समय निकै चर्चाको विषय बनेको छ । यो त भयो, मूल खेल विधाकै कुरा ।