राजाराम पौडेल

प्रिन्स एन्ड प्रिन्सेस पोखरा

दोस्रो संस्करणको लिटिल प्रिन्स एन्ड प्रिन्सेसअन्तर्गत लिटिल प्रिन्सेसको उपाधि पोखरा महानगरपालिका गगनगौडाकी १२ वर्षीया जेनिसा पुनले जितेकी छन् । ज्ञानज्योति स्कुलमा कक्षा ६ मा अध्ययनरत उनको लक्ष्य सफल मोडल र डान्सर बन्ने छ । साथी निक्कीले प्रतियोगिता हँुदै छ जाउँ भनेपछि उनी भाग लिन तयार भएकी थिइन् ।

रमाउँदै चित्रमा

शनिबार बिहान ८ बजे पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नरमा २१ विद्यार्थी जम्मा भए । विभिन्न स्कुलमा अध्ययन गर्ने विद्यार्थीको यो भेट उनीहरूको चित्रकलाप्रतिको मोहका कारण भएको थियो । चित्रकलाका माध्यमबाट आफ्नो प्रतिभा देखाउने अभिलाषाका कारण बिदाको दिनमा समेत उनीहरू झोलामा कलरबक्स राखेर उत्साहित बन्दै आएका हुन् ।

रेडियो रहर

रहर रेडियोमा बोल्ने । अरूलाई सन्देश दिने । अनि आफ्नो नेतृत्व र व्यक्तित्व विकास गर्ने । उनीहरू १२ वर्ष आसपासका छन् । विभिन्न विद्यालयमा पढ्छन् । १५ जनाभन्दा बढी बाबुनानी हरेक शनिबार पोखरा ७ रत्नचोकमा रहेको राइट फर चिल्ड्रेन कार्यालयमा जम्मा हुन्छन् । यसरी जम्मा हुनुको कारण हो– रेडियो कार्यक्रम ‘मिलीजुली बोलौं’ को नयाँ अंक तयार पार्ने ।

सानैमा ठूलो पर्दा

आयुब सेन ७ वर्षका भए । उनी राजधानीको एक स्कुलमा कक्षा ३ मा पढ्छन् । सात वर्षको उमेरमै ‘मेरी मामु’ चलचित्रमा प्रमुख भूमिका निभाएकाले यति बेला उनको चर्चा बढिरहेको छ । चलचित्रमा अभिनय गर्ने रुचिसँगै चलचित्र निर्माता बुबा सन्तोष सेनको सहयोगका कारण सानो उमेरमै उनले ठूलो पर्दामा देखिने अवसर पाएका हुन् ।

राजाराम पौडेलका लेखहरु :

कलाकार बन्ने रहर

पोखरा गैह्रापाटनमा रहेको पोखरा थिएटर । कम्पाउन्डबाहिर २८ बालबालिका गोलाकार घेरा बनाई खुल्ला आकाशमुनि कुर्सीमा बसे । ६ देखि १५ वर्षसम्मका बालबालिका एक–अर्कामाझ आफ्ना केही अनुभव बाँड्दै थिए । आफूलाई के गर्न मन पर्छ, जीवनमा केकस्ता आरोह–अवरोह आए भन्ने चर्चा पनि हुँदै थियो ।

नाच्दै, रम्दै

पोखरामा १२ औ संस्करणको लिटिल कास्की च्याम्पियन २०७५ आयोजना गरिएको छ । प्रतियोगितामा कास्की लेखनाथ गगनगौडाकी प्रीति पुन च्याम्पियन बन्न सफल भइन् । ज्ञानज्योति स्कुलमा अध्ययनरत १२ वर्षीय प्रीतिले अन्य २० प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जित्न सफल भएकी हुन् । उपाधि जितेपछि प्रीतिले सफल डान्सर बन्ने आफ्नो सपना रहेको बताइन् ।

रक स्टार सपना

सानैमा ड्रम बजाएर विश्व कीर्तिमान राखेका उत्प्रेम जोजिजू अहिले १० वर्षका भए । दुई वर्षको उमेरमै ड्रमसेट बजाएर उनी चर्चामा आएका थिए । २०६५ असोजमा जन्मिएका उत्प्रेमले २०६७ असोजमा पहिलो प्रस्तुति दिएका थिए । उनले एभरेस्ट वल्र्ड रेकर्ड २०१२, युनिक वल्र्ड रेकर्डलगायतका ७ वटा वल्र्ड रेकर्ड बनाएका छन् ।

गायक साथी

अशोक विगतलाई भुलेर वर्तमानमा मिहिनेत गर्दै भविष्य राम्रो बनाउने ध्याउन्नमा छन् । किनकि उनले यस अगाडि धेरै दु:ख गर्नुपर्‍यो । पढ्ने, खाने र खेल्ने उमेरमा उनले आफैं संर्घष गर्नुपर्‍यो । साथीहरू मिलेर घरबाट टाढा सहरमा जाने, गीत गाउने, गीत गाएर आएको पैसाले आफ्ना केही रहर पूरा गर्ने र घरमा सहयोग गर्ने उनको दैनिकी थियो ।

पाकाको सेवा

पोखराको माछापुच्छ्रे टोलमा रहेको पोखरा लर्नस एकेडेमीमा कक्षा १० मा पढ्ने ३० विद्यार्थीले गत सोमबार वृद्धवृद्धाको सेवामा जुट्ने निर्णय गरे ।