शनिबार हुने बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं–१, को उपनिर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदान केन्द्रको व्यवस्थापन, मतदाता र मतदान केन्द्रको सुरक्षा लगायतका मतदानसँग सम्बन्धित तयारीहरु सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चर्चित पर्यटकीय गन्तव्य मुस्ताङ यतिबेला स्याउ फुलेर सेताम्मे भएको छ । पयर्टकहरू यतिबेला हिमशृंखला र मुस्ताङको भूदृश्यका साथै स्याउ–बगैंचा हेरेर रमाइरहेका छन् ।
सुदूरपश्चिम सरकार गठनको अंकगणितमा फरक पार्न सक्ने बझाङको प्रदेश सांसदको उपनिर्वाचनमा दलहरूले प्रचारप्रसार तीव्र बनाएका छन् । मुख्य दलहरूले केन्द्रीय नेता खटाएर आफ्नो उम्मेदवारको प्रचारप्रसार तीव्र पारेका हुन् ।
बझाङ प्रदेशसभा (१) को उपनिर्वाचनलाई लिएर मुख्य दलका केन्द्रीय स्तरका नेताहरू बझाङ पुग्ने क्रम बढेको छ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि अहिले कांग्रेस, एमाले र माओवादीका केन्द्रीय स्तरका नेता बझाङ पुगिरहेका हुन् ।
धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएपछि उड्नै लागेको जहाजको इन्जिन बन्द गरी ग्राउन्डेड गरिएको छ ।
आगामी वैशाख १५ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १ (१) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको इलाम–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शनिबार दलका १२ जना र स्वतन्त्र ८ जनाले उम्मेदवारी दिएका हुन् ।
प्रदेशसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उनले पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन् ।
प्रदेशसभाको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् ।