१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

तस्बिर : अंगद ढकाल

ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

तस्बिर : अंगद ढकालका लेखहरु :

अनेरास्ववियुको 'विद्यार्थी महोत्सव'को झलक [तस्बिरहरू]

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको आयोजनामा मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ३ दिने विद्यार्थी महोत्सव सुरु भएको छ । विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ ।

फुलेको जाकारान्डा [फोटोफिचर]

हरेक वर्ष यसै समयमा फुल्ने जाकारान्डा काठमाडौंका सडक, फुटपाथ र पार्कहरू रंग्याएका छन् । नीलो तथा बैजनी रंगका ज्याकारान्डालाई धेरैले शिरीषको फूल पनि भन्ने गर्थे । तर विज्ञहरूले यसको वैज्ञानिक नाम 'जाकारान्डा माइमोसिफोलिया' भएको बताएपछि आम मानिसहरू यसलाई 'जाकारान्डा' भन्ने गर्छन्

कीर्तिपुर मैदानमा खचाखच दर्शक [तस्बिरहरु]

शनिवार नेपाल र वेस्ट इन्डिजको खेल हेर्न काठमाडौंको कीर्तिपुर मैदानमा दर्शकको खचाखच उपस्थिति रह्यो । क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन मात्रै सुधारिएको छैन, नेपाली दर्शक पनि बढेका छन् । शनिवारको खेलमा नेपाली टीमका कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गर्‍यो ।

तस्बिरमा नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको खेल

कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । रोहितले १ सय १२ रन बनाएपछि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ५ रनको लक्ष्य २ बल अगाडि नै २ सय ६ रन बनायो ।

इलाम-२ उपनिर्वाचन : फाकफोकथुमका दुः ख

एमाले नेता सुवास नेम्वाङको अपराजित क्षेत्र हो, इलाम-२ । २०५६ सालदेखि नेम्वाङले निरन्तर जित्दै २ नम्बर क्षेत्रको फाकफोकथुम उनको 'किल्ला’ नै मानिन्छ ।

‘चुनावी पर्यटक’ ले चलायमान इलाम

स्थानीय व्ययवासी भिजन लिम्बुलाई यतिबेला भ्याइनभ्याइ छ । केही दिन अघि ग्राहकको प्रतीक्षामा बित्थ्यो दिन । अहिले ग्राहक सम्हाल्नै हम्मे छ । टोपी, झोला लगायत ढाका कपडाका सामग्री बिक्रेता लिम्बु भन्छन्,‘चुनावले इलाममा व्यवसायिक चहलपहल बढाएको छ ।’ 

‘पुरानै खोज्ने कि, नयाँ रोज्ने भन्ने चुनौती मतदातामा व्याप्त देखिन्छ’ 

इलामका अगुवा तथा संस्कृतिविद् युद्धप्रसाद वैद्य राजनीतिशास्त्रका प्राध्यापक पनि हुन् । करिब ३२ वर्ष महेन्द्र रत्न क्याम्पस इलाममा पढाएका उनी २०६३ देखि अवकास जीवन बिताइरहेका छन् ।

बोडेमा मनाइयो जिब्रो छेड्ने जात्रा [तस्बिरहरु]

मध्यपुर थिमि–८ बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले परम्पराअनुसार यस वर्षको बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेडाएका छन् । उनले दोस्रोपल्ट जिब्रो छेडाएका हुन् । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ मा मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

इद उल फित्रको हर्षाेल्लास [तस्बिरहरू]

इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) मंगलबार हर्षाेल्लासका साथ देशभर धुमधामले मनाइएको छ ।पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि इदगाहहरुमा आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको हो । काठमाडौंको चर्चित जामे मस्जिदमा प्रार्थना सकेपछि एकापसमा अङ्कमाल गर्दै इदको शुभकामना आदानप्रदान भएको थियो । आत्मसंयम र शुद्धीका लागि नवौँ महिनामा एक महिनाभरि रोजा बसेर दशौँ महिनाको पहिलो दिन इद मनाउने चलन छ ।

बिस्का: जात्रा सुरू [तस्बिरहरू]

आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ ।जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गरी रथ तानिएको छ ।आज बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका प्रमुख खिमा वलीले जानकारी दिइन् ।