२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

विद्या राई

विद्या राई जलवायु र लैगिंकता, मानवअधिकारलगायत सामाजिक मामिला सम्बन्धी विषयमा समाचार तथा लेख लेख्छिन् ।

विद्या राईका लेखहरु :

मापदण्डविपरीतका अटिजम थेरापी सेन्टरलाई कारबाहीको चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमतिबेगर र मापदण्डविपरीत सञ्चालन भइरहेका अटिजम थेरापी सेन्टर तथा बाल क्लिनिकलगायत स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ । केही स्वास्थ्य सेवासँग सम्बन्धित संस्था, अटिजम थेरापी सेन्टर, वाल क्लिनिक मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएको र शुल्क बढी लिने गरेको गुनासो आएपछि गत बिहीबार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले परिपत्र लेख्दै सो जानकारी गराएको हो । 

अपांगता भएकालाई सवारी लाइसेन्स दिन राज्य उदासिन

कीर्तिपुरका २६ वर्षीय राज श्रेष्ठ ‘ख’ वर्गको अपांगता परिचयपत्र वाहक हुन् । टेकुस्थित नेपाल आयल निगममा कार्यरत उनी चारपाङ्ग्रे स्कुटर (दुई पांग्रे स्कुटरको दायाँबायाँ दुई पांग्रा थपेर बनाइएको) चलाउँथे । स्कुटर चलाउने क्रममा दुर्घटनामा परेपछि सुरक्षित हुने सवारी चलाउने सोच बनाएर उनले साथीभाइको गाडी चलाउन सिके । सडकमा गाडी चलाउन सक्ने आत्मबल भएपछि तीन महिनाअघि विद्युतीय कार किने ।

देशैभर आगलागी र डढेलो

आगलागीले सखाप बनाएको उजाड बस्तीमा बेला बेला हुरी चल्दा खरानी उडेर मुखसम्मै आइपुग्छ । तैपनि महोत्तरीको मटिहानी–६ जरलहवागाछीका ८० वर्षीय इलिहास अन्सारीलाई बस्तीभन्दा पर जान मन लाग्दैन ।

सहमति कार्यान्वयन नगरेको भन्दै भण्डारीले थाले अनशन

अपांगता भएकालाई सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा निःशुल्क उपलब्ध गराउने सहमति कार्यान्वयन नगरेको भन्दै तनहुँका दीपक भण्डारीले अनशन थालेका छन् । आफू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबीच भएको सम्झौता एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कार्यान्वयनमा नआएको भन्दै उनी मंगलबारदेखि काठमाडौंमा अनशन बसेका हुन् ।

रेडक्रसमाथि छानबिन गर्न नयाँ समिति

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचार छानबिन गर्न सरकारले फेरि अर्को समिति गठन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आइतबार समाज कल्याण परिषद्का कार्यसमिति सदस्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा परिषद्को अनुगमन विभाग प्रमुख, प्रशासन विभाग प्रमुख, कानुनी सल्लाहकार र आर्थिक विज्ञ सदस्य छन् । 

अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारीमा काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारी थालेको छ । विद्यालय सञ्चालन गर्नका लागि आवश्यक अध्ययन गरेर प्रतिवेदन तयार गर्न महानगरले दुई सदस्यीय समिति गठन गरेको हो । 

बलात्कार आरोपित न्यायाधीश गिरीले गरे अदालतमा आत्मसमर्पण 

वैवाहिक बलात्कारको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीले सोमबार काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका छन् ।

बलात्कारविरुद्ध मुद्दा लड्दालड्दै उल्टै १७ लाखको तमसुक !

१३ वर्षको हुँदा आफू पढ्ने विद्यालयकै प्रधानाध्यापकले बलात्कार गरेको विरुद्ध जिल्ला अदालत र उच्च अदालतबाट न्याय नपाएपछि बाराकी एक पीडित काठमाडौंस्थित सर्वोच्च अदालत धाइरहेकी छन् । सात वर्षअघि नाबालिक हुँदा बलात्कारको सिकार बनेपछि प्रहरीमा आमाले दिएको जाहेरीबाट उनको न्यायको लडाइँ सुरु भएको हो ।

‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ निर्माणको अनुसन्धान सम्बन्धी रिटमा कारण देखाउ आदेश

उच्च अदालत पाटनले राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुली मुछिएको अनियमितता मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । 

धुम्म काठमाडौं

देशभर डढेलो लाग्ने क्रम सुरु भएसँगै राजधानी काठमाडौंसहितका स्थानमा केही दिनयता वायु प्रदूषण बढेको छ । सुक्खायामका कारण डढेलो र गहुँका छ्वालीजस्ता कृषि अवशेषहरू जलाउने क्रम बढेकाले अघिपछिभन्दा वायु प्रदूषण उच्च भएको हो ।