तस्बिर : हेमन्त श्रेष्ठ

झम्सीखेलमा ढल्यो रुख [फोटोहरु]

शुक्रबार अपराह्न हावाहुरीसँगै परेको पानीका कारण ललितपुरको झम्सीखेलस्थित हसपोसा गणेश मन्दिर भित्रको रुख ढलेको छ । रुखले अगाडिपट्टी रहेको मन्दिरकै पर्खाल भत्काएको छ । रुखले मानवीय क्षति नभएको र एउटा स्कुटरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रि-मनसुनमा भीषण पानी

काठमाडौं उपत्यकामा शुक्रबार हावाहुरीसँगै भीषण पानी परेको छ । हुरीले राजधानीका केही ठाउँमा रुख ढालेको छ । प्रि मनुसुनका गत वर्षहरुमा भन्दा पानी बढी परेको मौसमविद्हरु बताउँछन् । बिहानैदेखि धुम्मिएको काठमाडौंमा शुक्रबार अपरान्ह पानी पर्दा यस्तो देखियो :

तस्बिरमा हेर्नुहोस् उपत्यकाको हिउँ

काठमाडौंमा बिहानदेखिको पानीपछि बुधबार राति उपत्यकामा हिमपात भयो । बिहीबार हिउँले उपत्यकाका डाँडा सेताम्मे बनेका छन् । बिहीबार बिहान मौसम खुलेसँगै हिउँ खेल्न जानेको भीड लागेको थियो ।

हिउँले सेताम्मे बने उपत्यकाका डाँडा

काठमाडौं उपत्यका वरपरका डाँडा बिहीबार बिहान हिउँले सेताम्मे बनेका छन् । बुधबार बिहानै देखिकाे वर्षाका कारण राति हिमपात भएकाे हाे । हिमपात पछि उपत्यकाकाे माैसम खुलेकाे छ ।

रुपन्देही र महेन्द्रनगरबीचको खेल तस्बिरमा हेरौं

रोमाञ्चक खेलमा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै महेन्द्रनगर युनाइटेड तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । महेन्द्रनगरले रुपन्देहीलाई १ रनले हराउँदै क्वालिफायरमा प्रवेश गरेको हो । हेरौं तस्बिरमा खेलका झलक ।

तस्बिर : हेमन्त श्रेष्ठका लेखहरु :

डीपीएल : तस्बिरमा काठमाडौं र अत्तरियाको खेल

सीवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)-३ क्रिकेटको क्वालिफायर्समा पुग्ने औपचारिकतालाई पुरा गरेको छ । अत्तरियाले मंगलबार काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गर्‍यो । हेरौं यी दई टिमको खेल तस्बिरमा ।

डीपीएलबाट यसरी बिदा गरियो जोन्टी रोड्सलाई [फोटो फिचर]

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका सद्भावना दूत एवं विश्व क्रिकेटका फिल्डिङ हस्ती जोन्टी रोड्सलाई आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले बिदाइ गरेको छ ।

यस्तो छ डीपीएल भइरहेको फाप्ला क्रिकेट मैदानको अवस्था

पश्चिमी वायुको प्रभावले बिहीबारदेखि पुनः वर्षा हुन थालेपपछि धनगढीमा जारी डीपीएल क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेल रद्द भएको छ। वर्षाले खेलमैदान जलमग्न भएपछि खेल रद्द गरिएको हो। हेरौं मैदानको अवस्था तस्बिरमा ।

छोराको जितमा आमाको खुशी

रुस्लान धनगढी प्रिमियर लिगको बिहीबार दीपेन्द्रिसंह ऐरीले ५० बलमा यो ६७ रन बनाए । उनको यो स्कोर प्रतियोगिताकै उच्च हो । ऐरी सीवाइसी अत्तरियाका कप्तान हुन् । उनको घर कञ्चनपुर हो । खेल भएको ठाउँ धनगढी महेन्द्रनगर नजिकै भएकोले आफ्नो छोराको खेल हेर्न दीपेन्द्रकी आमा नरोदेवी ऐरी पनि फाप्ला क्रिकेट मैदान आएकी थिइन् ।

करण केसीको अलराउन्ड प्रदर्शनले विराटनगरको पहिलो जित [फोटो फिचर]

विराटनगर किंग्सले रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ मा पहिलो जित हात पारेको छ । बुधबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा धनगढी स्टार्ससँग भएको खेलमा विराटनगरले २१ रनको जित हात पारेको हो ।