फातिमा बानु

आन्दोलनमा नर्सहरू

नर्समाथि भइरहेको श्रम शोषण बन्द गरियोस् भन्दै देशभरका नर्स आन्दोलनमा उत्रिएका छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीलाई बिनासर्त पुनर्बहाली गर्नुपर्ने मुद्दालाई मुख्य बनाएर उनीहरूले आन्दोलन थालेका हुन् ।

गर्भपतनको औषधि जथाभाबी बिक्री

विशेषज्ञ चिकित्सकको सल्लाह र निगरानीमा मात्रै सेवन गर्न पाइने गर्भपतनका औषधि जथाभाबी बिक्री–वितरण भइरहेका छन् । शंखमूलकी एक महिला नजिकैको फार्मेसीमा गर्भपतनको औषधि किन्न जाँदा सञ्चालकले उनलाई १२ थरी औषधि देखाए ।

पुराना उपकरणको भरमा अस्पताल

कहिलेकाहीं अचानक अस्पताल परिसर धूवाँमय हुन्छ । वरपरका स्थानीय बासिन्दा प्रदूषण भयो भन्दै विरोधमा उत्रिन्छन् । महारागन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा अस्पतालको फोहोर जलाउने पुरानो उपकरणले समय–समयमा यस्तै दु:ख दिइरहन्छ ।

गर्भपतनको औषधि जथाभावी बिक्री

विशेषज्ञ चिकित्सकको सल्लाह र निगरानीमा मात्रै सेवन गर्न पाइने गर्भपतनका औषधि जथाभावी बिक्री–वितरण भइरहेका छन् । शंखमूलकी एक महिला नजिकैको फार्मेसीमा गर्भपतनको औषधि किन्न जाँदा सञ्चालकले उनलाई १२ थरी औषधि देखाए ।

खुल्न मान्दैनन् कुष्ठरोगी

८ वर्षअघि नै नेपालबाट कुष्ठरोग उन्मूलन भएको घोषणा गरिए पनि हरेक वर्ष ३ हजारका दरले नयाँ रोगी फेला परिरहेका छन् । विश्व स्वास्थ्य संगठनले प्रति १० हजारमा १ भन्दा कम रोगी भेटिएका मुलुकलाई उन्मूलन भएको मान्यता दिन्छ ।

फातिमा बानुका लेखहरु :

कृत्रिम गर्भाधानबाट जन्मिए ११० शिशु

प्रसूतिगृहको नि:सन्तान सेवा केन्द्रबाट कृत्रिम गर्भधारणका माध्यमबाट यस आर्थिक वर्षमा मात्रै १ सय १० शिशु जन्मिएका छन् । सीमित जनशक्ति, न्यून उपकरण र साँघुरो ठाउँका कारण सेवा विस्तारमा समस्या भइरहेको अस्पताल प्रशासन प्रमुख रानु थापाले बताइन् ।

आमाको नाममा नागरिकता लिन अझै समस्या

संविधानले आमा वा बुवा नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता पाउन सकिने व्यवस्था गरे पनि आमाको नामबाट नागकिता लिन अझै असहज छ । विराटनगरकी २५ वर्षिया एक युवतीकी आमालाई (हाल काठमाडौंवासी) उनी गर्भमै छँदा बाबुले छाडे ।

मृगौलापीडित ढिलो पुग्छन् अस्पताल

पिसाबमा फिज देखिन थालेको लामो समयपछि थिमीका न्हुच्छे श्रेष्ठ वीर अस्पताल पुगे । परीक्षणपछि दुवै मृगौला फेल भएको रिपोर्ट निस्कियो । ‘प्रेसर बढिरहन्थ्यो, यसकै कारण पिसाबमा फिँज आएको भन्ठानें, मृगौला कामै नलाग्ने पो भैसकेछ,’ उनले भने । हाल उनी वीर अस्पतालमा साताको दुईपटक मृगौलाको डायलेसिल गराइरहेका छन् ।

एचआईभी संक्रमितमाथि विभेद

असुरक्षित यौनसम्पर्कबाहेक, सँगै बस्दा, खाँदा, पढदा यो रोग सर्दैन भन्ने चेतना हुँदाहुँदै पनि संक्रमितमाथि सामाजिक विभेद हट्न सकेको छैन । संक्रमितमाथि सामाजिक लाञ्छना हट्न नसकेकै कारण यो रोग निर्मूल पार्न चुनौती भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए ।