तस्बिर : इलिट जोशी/कान्तिपुर

काष्ठमण्डपबाहिरै भाइटीका लगाइदिइन् अञ्जली दिदीले [फोटोफिचर]

तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले अञ्जली मास्के (अञ्जली दिदी) ले मन्दिर बाहिरै भाइटीका लगाइदिएकी छन् ।

साझाले ल्यायो बिजुली बस

साझा यातायातले मंगलबार विद्युतीय बसको परीक्षण गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझाले ल्याएको विद्युतीय बसको मंगलबार बिहान उद्घाटन गरे । 

डा. केसीको समर्थनमा टर्च र्‍याली [तस्बिरहरु]

अनशनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा टर्च र्‍याली निकालिएको छ । विवेकशील साझा पार्टीको अगुवाईमा मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालदेखि बालुवाटारसम्म टर्च लाइट र्‍याली निकालिएको हो । र्‍यालीमा उक्त पार्टीका नेता, कार्यकर्ता र केही सर्वसाधारण सहभागी थिए ।

यसरी दिइयो मण्डलामै ओपीडी सेवा [फोटोफिचर]

त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरूले शुक्रबारदेखि माइतीघर मण्डलामै बहिरंग (ओपीडी) सेवा सुरु गरेका छन् । स्वास्थ्य शिक्षा सुधारको माग गर्दै १४ औं दिनदेखि जुम्लामा आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनसहित उनीहरुले मण्डलामा प्रदर्शन तथा ‌‌ओपीडी सेवा दिएका हुन् । यसरी गरियो मण्डलामै ओपीडी सेवा ।

तस्बिरमा यस्तो देखियो सेतो मछिन्द्रनाथको जात्रा

सहकालका देवताको रुपमा लिइने सेतो मछिन्द्रनाथको जात्रा सुरु भएको छ । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तान्ने गरिन्छ ।

तस्बिर : इलिट जोशी/कान्तिपुरका लेखहरु :

३६औं मगर दिवसका ९ तस्बिर

मगर समुदायले विभिन्न कार्यक्रम गरी मंगलबार ३६औं मगर दिवस मनाइरहेका छन् । नेपाल मगर संघ स्थापनाको दिनलाई मगरहरुले दिवसकै रुपमा मनाउने गर्छन् । समानता सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाजसहितको देश निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यसहित २०३९ साल फागुन १५ गते नेपाल मगर संघ स्थापना भएको हो ।

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

आज महाशिवरात्रि । फागुन कृष्ण चतुर्दशीको रात शिवालयमा रातभर जाग्राम बसेर मनाइने शिवरात्रिको रौनक पशुपतिमा हेर्न लायक थियो । सोमबार रातभर बसेका श्रद्धालुहरुले मंगलबार बिहान शिवलाई मनपर्ने बेलपत्र, पञ्चामृत, पञ्चगव्य र श्रीखण्ड अर्पण गरे । पशुपतिमा मंगलबार बिहानैदेखि नै दर्शन गर्ने श्रद्धालुको भीड थियो ।