लालप्रसाद शर्मा

समन्वय समिति महासंघको माग– 'विषयगत कार्यालय जिसस मातहत'

जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेशले जिल्लाका विषयगत कार्यालय समिति मातहत ल्याउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासंघको प्रदेशस्तरीय प्रशिक्षण भेलाले विभिन्न १५ प्रस्ताव पारित गर्दै यस्तो माग गरेको हो । 

सांसद बैठक भत्ता बढ्यो

गण्डकी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको बैठक भत्ता वृद्धि गरेको छ  । मन्त्रिपरिषद्को आइतबारको बैठकले जनही २ सय ५० रुपैयाँ भत्ता बढाउने निर्णय गरेको हो  ।

प्रदेशका कानुन छल्दै स्थानीय तह

गण्डकी प्रदेशसभाले एक वर्षअघि नै स्थानीय सरकारका लागि सभा सञ्चालनसम्बन्धी ऐन बनायो । स्थानीय तहका कतिपय कानुन प्रदेश कानुनअनुसार हुने संवैधानिक व्यवस्था छ । यसै कारण प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त ऐन सबै स्थानीय तहमा पठायो ।

नामार्जुङमा दसैंलाई बिजुली

कास्कीको मादी गाउँपालिका २ सेतीखोलामा निर्माणाधीन नामार्जुङ मादी जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सकिएको छ । १२ मेगावाट क्षमताको आयोजना सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारीमा छ । विद्युत् गृह, बाँध, डिसेन्डिङ वेसिनमा धमाधम काम भइरहेको छ ।

‘नियमित औषधि खाइरहनुपर्छ’

झट्ट हेर्दा ४८ वर्षीया विजया सुवेदी तन्दुरुस्त देखिन्छिन् । अनुहार हँसिलो छ । जब २०६२/६३ को जनआन्दोलन सम्झिन्छिन्, एकाएक गला अवरुद्ध हुन्छ । आँशु टिलपिलाउछ । उनको पीडा सुन्ने पनि भावुक हुन्छन् ।

लालप्रसाद शर्माका लेखहरु :

हिउँदे अधिवेशनमा ६ विधेयक पारित

गण्डकी प्रदेश सरकारको पुस ७ मा बसेको बैठकले पुस २३ देखि तेस्रो तथा हिउँदे अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिसको निर्णय गरेको थियो  । निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले खुसी हुँदै भनेका थिए, ‘हिउँदे अर्थात विधेयक अधिवेशनमा तत्काल ८ विधेयक पेस गर्नेछौं  ।'

विद्यालयमा भूकम्पमापन यन्त्र

२०७२ को महाभूकम्पले निजी आवासका साथै थुप्रै विद्यालय भत्किए । शनिबारको दिन भएकाले विद्यालयमा मानवीय क्षति भने हुन पाएन । भूकम्पबाट हुने सम्भावित जोखिम र जोगिने उपाय अवलम्बन गर्नुपर्ने शिक्षा भने त्यो भूकम्पले दियो । भूकम्पीय शिक्षाबारे विद्यालय शिक्षाको पाठ्यक्रममै समावेश गर्नुपर्ने आवाज पनि उठिरहेको छ । 

बैंकको जग्गामा 'बजार’

'हामी सर्दै छौं । यो गण्डकी मिनिमार्केट ३५० मिटरमाथि महेन्द्रपुल नगरबस बिसौनीको अगाडि गण्डकी बिग बजार निर्माण गरी केही महिनामै सर्दै छौं ।' अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयको ठीक अगाडि यस्तो सूचना राखेको महिनादिन जति भयो । 

गण्डकीमा कर्मचारी समायोजन : २९ उपसचिव दरबन्दीमा ४ मात्रै आए

गण्डकी प्रदेशमा प्रशासनतर्फ २६ उपसचिवको दरबन्दी छ तर ३ जना मात्रै आएका छन् । राजस्वतर्फ दुई उपसचिवको दरबन्दी भएर समायोजनको नाम आए पनि दुवै जना आएका छैनन् । प्राविधिक सेवातर्फ समायोजन भएकाको विवरण आएकै छैन । 

मूलप्रवाहमा ल्याउन चन्द समूहलाई प्रतिबन्ध : गृहमन्त्री

नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई राजनीतिको मूलप्रवाहमा ल्याउनका लागि प्रतिबन्ध लगाइएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका मन्त्री थापाले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै चन्द समूह छिट्टै मूलप्रवाहमा आउने आशा गरेको जनाए ।