दीपेन्द्र विष्ट

मेलम्चीको काम अब द्रूत प्रक्रियाबाट

खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम फास्ट ट्र्याक (द्रूत प्रक्रिया) बाट अघि बढाउने जनाएको छ । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आयोजना निर्माणमा निकै ढिलाइ भएको भन्दै विभिन्न प्याकेजमा विभाजन गरेर द्रूत प्रक्रियाबाट काम अघि बढाइने जानकारी दिए । 

सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन 

मन्त्री परिषद्ले कब्जा र अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्री परिषद् बैठकले तत्कालीन पुनरावेदन अदालतका पूर्व न्यायाशीध मोहनरमण भट्टराईको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरिएको हो । 

मनोहरा नदीको ५० रोपनी व्यक्तिका नाममा

भूमाफियाले सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गराएको पाइएको छ । करिब ३५ वर्षअघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिका नाममा कायम गरेको भेटिएको हो ।

सहिद पार्क अलपत्र

ठेकेदार कम्पनी र अनुगमन गर्ने निकायको लापरबाहीले गोकर्णमा ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क’ निर्माण अलपत्र परेको छ  । सहरी तथा भवन निर्माण विभागद्वारा गठित छानविन समितिले तयार पारेको प्रतिवेदनमा कुनै पनि काम सम्पन्न नभई अपूरो र अलपत्र परेको देखिएको उल्लेख छ  ।

के गर्दैछन् साना कम्युनिस्ट घटक ?

केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाले सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रमको तयारी गरिरहँदा अन्य केही कम्युनिस्ट घटकहरू भने पार्टी स्थापना दिवस ‘सर्वहारा शैली’मा मनाउने चाँजोपाँजो मिलाउँदै छन् ।

दीपेन्द्र विष्टका लेखहरु :

'वाग्मती ब्युटिफिकेसन’ को काम ठप्प

मुआब्जा नदिएसम्म काम अघि बढाउने नदिने भन्दै स्थानीयले ‘वाग्मती ब्युटिफिकेसन’ को काम पुन: ठप्प पारेका छन् । सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह र काठमाडौं ३ का सांसद कृष्ण राई, स्थानीय जनप्रतिनिधिबीच एक महिनाअघि मुआब्जा विवादबारे मन्त्रिपरिषदमा लगेर टुंग्याउने सहमति भएको थियो ।

थपिए व्यवस्थित सात सहर

सरकारले मध्य पहाडी र हुलाकी राजमार्गमा थप ७ वटा व्यवस्थित सहर निर्माण गर्ने भएको छ । यसअघि मध्य पहाडी र हुलाकी राजमार्गमा १०/१० वटा सहर निर्माण गर्ने तय भएको थियो । अब मध्य पहाडी राजमार्गमा दुई वटा र हुलाकी राजमार्गमा पाँच वटा नयाँ सहर थपिने छन् । सहरी विकास मन्त्रालयका अनुसार कुल २७ वटा नयाँ सहर निर्माण हुनेछन् । 

सत्ता बाहिर रहेका कम्युनिस्टलाई एक हुन वैद्यको आग्रह 

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले सत्ता बाहिर रहेका कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर बृहत् पार्टी बनाउन पहल गर्ने बताएका छन् । नेकपालाई सरकारी कम्युनिस्ट नामको संज्ञा दिँदै उनले नेत्रविक्रम चन्द, मोहन विक्रम सिंह, गोपाल किराँती लगायतलाई एकीकरणको मोर्चा आउन उनले आग्रह गरे । 

सडकमा प्रदूषण जाँच

वातावरण प्रदूषणले दक्षिण एसियाली मुलुकका बालबालिकाको औसत आयुमा साढे २ वर्षले कमी आउने अमेरिकी रिपोर्ट सार्वजनिक भएकै बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण गर्न तीन महिने विस्तृत कार्ययोजना घोषणा गरेको छ  ।

२८ वर्षमा ७ पटक फुट्यो राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उपाध्यक्ष दीपक बोहरा अध्यक्ष पशुपतिशमशेर राणालाई छाडेर कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । राप्रपा (प्रजातान्त्रिक) मा रहँदा बोहरा राणाका विश्वासपात्र मानिन्थे । जयन्त चन्द भने थापा नेतृत्वको महामन्त्री पद छाडेर राप्रपा प्रजातान्त्रिक प्रवेश गरेका छन् ।