२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

एजेन्सी

एजेन्सीका लेखहरु :

आईपीएल २०२४ : मुम्बईलाई हराएपछि कोलकाता प्ले–अफ नजिक

मिचेल स्टार्कले अनुशासित बलिङ गर्दै चार विकेट लिएपछि कोलकाता नाइट राइडर्सले शुक्रबार आईपीएल २०२४ मा मुम्बई इन्डियन्सलाई २४ रनले पराजित गरेको छ । जितका लागि कमजोर मानिने १ सय ७० रन पछ्याएको मुम्बई वानखडे स्टेडियममा १८.५ ओभर मात्रै टिक्यो र १ सय ४५ रन बनाएर अलआउट भयो ।

इंग्लिस प्रिमियर लिग : एभरटनसँगको बराबरीमा लुटन टाउनलाई गाह्रो

लुटन टाउनले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनसँग १–१ को बराबरी खेलेको छ र यो नतिजाले रेलिगेसनबाट बच्न संघर्षरत उसलाई अझ गाह्रो पार्नेछ । यस खेल अगाडि एभरटन आफैं रेलिगेसनबाट बच्ने निश्चित भइसकेको थियो ।

समाचार सामग्री बिनाअनुमति प्रयोग गरेको भन्दै ८ मिडिया संस्थाले हाले ओपन एआईलाई मुद्दा 

अमेरिकाका ८ वटा विभिन्न सञ्चार संस्थाहरूले ओपनएआईको लार्ज ल्याङ्ग्वेज मोडल ट्रेनिङमा आफ्ना सामाग्री बिनाअनुमति प्रयोग गरिएको भन्दै न्युयोर्कको एक अदालतमा मुद्दा दायर गरेका छन् । न्युयोर्क डेली न्युज, सिकागो ट्रिब्युन, ओर्लान्डो सेन्टिनेल, सान होजे मर्करी न्युज लगायतका सञ्चार संस्थाहरूले ओपनएआई र माइक्रोसफ्टलाई विपक्षी बनाई दाखिला गरेको उक्त मुद्दामा आफूहरूले स्रोत, साधन र मेहेनत लगाएर बनाएका सञ्चार सामग्रीहरू बिनाअनुमती वा क्षतिपूर्ति दुरूपयोग गरिएको आरोप लगाएका छन् ।

आर्चर इंग्ल्यान्ड टोलीमा

इंग्ल्यान्डले ट्वान्टी–२० विश्वकप उपाधि रक्षा अभियानका लागि तीव्र गतिका बलर जोफ्रा आर्चरलाई आफ्नो टोलीमा समावेश गरेको छ । सन् २०१९ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका उनले विभिन्न चोटका कारण नियमित खेल्न सकिरहेका छैनन् ।

युरोपेली च्याम्पियन्स लिग : बायर्नसँग रियलको बराबरी

भिनिसियस जुनियरले गरेको दुई गोलको मद्दतले रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा बायर्न म्युनिकलाई २–२ को बराबरीमा रोकेको छ ।

आईपीएल २०२४ : मुम्बईलाई हराएर लखनउ तेस्रोमा

लखनउ सुपर जायन्ट्सले आईपीएल २०२४ मा मंगलबार मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । दसौं खेलमा लखनउको १२ अंक भएको छ । हारले मुम्बईको स्थिति अझ खराब भएको छ र छ अंकमा नवौं स्थानमा रह्यो ।

केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु

अफ्रिकी मुलुक केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षाका कारण राजधानी नैरोबी छेउको अथी नदीको स्तर आपत्कालीन तहभन्दा माथि पुगेको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ ।

आईपीएल - २०२४ : स्टोइनसको शतकमा लखनउ विजयी

अस्ट्रेलियाका मार्कस स्टोइनसले नटआउट रहेर बनाएको १ सय २४ रनको मद्दतले लखनउ सुपर जायन्ट्सले मंगलबार आईपीएल-२०२४ मा चेन्नाइ सुपर किंग्सलाई छ विकेटले पराजित गरेको छ । लखनउ तीन बलको खेल बाँकी छँदा जितसम्म पुगेको थियो ।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको पाँच गोल

काइ हार्भेटेज र वेन ह्वाइटले गरेको दुई/दुई गोलको मद्दतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार चेल्सीलाई सजिलै ५–० ले पराजित गरेको छ । यो जितसँगै शीर्षमा रहेको आर्सननले उपाधि होडमा रहेका लिभरपुल र म्यानचेस्टर सिटीमाथि पनि दबाब बढाएको छ ।

सिरी ए : इन्टर मिलानले जित्यो लिग उपाधि

इन्टर मिलानले सोमबार एसी मिलानलाई २–१ ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ । लगातार छैटौं डर्बी जित्ने क्रममा इन्टरले लिग तालिकाको शीर्षमा निर्णायक अग्रता लिएको हो ।