भीमबहादुर सिंह

ओझेलमै बारेकोटे फलाम खानी

बारेकोट गाउँपालिकामा रहेका फलाम खानी ओझेलमा परेका छन्  । अन्वेषण, उत्खनन र प्रशोधन नहुँदा खानी अलपत्र अवस्थामा छन्  । बारेकोटको थर्पु, बाहुनखोला र रतनकोटमा खानी भए पनि तिनको सदुपयोग हुन नसकेको हो ।

व्यवस्थापनको निहुँमा सल्लो दोहन

वन व्यवस्थापनको बहानामा अवैध खोटो संकलन र काठ बिक्री बढ्दा जिल्लाको सल्लेरी वन विनाश हुँदै गएको छ । उपभोक्ता समिति र व्यापारीको मिलेमतोमा दोहन भइरहे पनि सरोकारवाला निकायले वास्ता गरेका छैनन् । 

पाटनमै थन्कियो सेतक चिनी

उच्च लेकाली भूभागमा पाइने सेतक चिनी (खिरौलो) निकासीको छुटपुर्जी नपाउँदा ५ दर्जन व्यापारी मर्कामा परेका छन् । वन विभागमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृतिमा भएको ढिलाइले छुट पुर्जी नपाउँदा सेतक चिनी पाटनमै थन्किएको हो । पुर्जी अभावमा व्यापारीको करोडौंको लगानी डुब्न थालेको छ । 

न्यायिक समितिको न्याय कमजोर

स्थानीय सरकारअन्तर्गत रहेका जिल्लाका न्यायिक समितिको न्याय सम्पादनको अवस्था कमजोर देखिएको छ । जिल्लाका न्यायिक समितिले कार्यविधिमा आधारित नभएर न्याय सम्पादनका कार्य गर्ने गरेको पाइएको छ । 

विपत् व्यवस्थापनका लागि नमुना अभ्यास

नेपाली सेनाले भेरी नगरपालिका ३, थाप्लेचौरमा मंगलबार विपत्मा गर्ने उद्धारको नमुना प्रदर्शन गरेको छ  । सेनाले स्थानीय बासिन्दालाई बाढी, पहिरो, आगलागीलगायत विपत्बाट बच्न सिकाउन नमुना प्रदर्शन गरेको हो  ।

भीमबहादुर सिंहका लेखहरु :

जाजरकोट अस्पतालमा सप्टवेयर जडान

जाजरकोट अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएमआईएस) जडान भएको छ । भेरी नगरपालिकाको ६ लाख आर्थिक सहयोगमा सप्टवेरको उपकरण खरिद तथा जडान भएपछि अस्पतालको सेवा पारदर्शी हुने अपेक्षा गरिएको छ ।

सडक पुग्यो, समृद्धि पुगेन

जिल्लाका गाउँगाउँमा सडक निर्माणको क्रम बढ्दै गएको छ । स्थानीय तहले समेत सडक निर्माणमा जोड दिइरहेका छन् । निर्माण भएका सडकबाट स्थानीयलाई न रोजगारी मिलेको छ, न नियमित आउजाउको सुविधा । हचुवाका भरमा निर्माण भएका कतिपय सडक दीगो बन्न सकेका छैनन् । डोजर हिँड्न सक्नेगरी मात्र सडक निर्माण भएका छन् ।

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याउनु निरंकुश तथा अलोकतान्त्रिक हर्कत भएको उनले बताए ।

शैक्षिक गुणस्तर सुधार्दै स्थानीय तह 

नयाँ शैक्षिक सत्रको सुरुवातसँगै भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले दलित तथा विपन्न परिवारका चार बालबालिकालाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरे । नगरप्रमुख घर्तीले लक्ष्मी मावि भेरेंमा मुसी विक र गंगा विकलाई २ कक्षा, अमर विक र कल्पना विकलाई ६ कक्षामा भर्ना गरेका हुन् ।

दुर्लभ गिद्धले कोरल्यो चल्ला

विश्वमै दुर्लभ मानिएका सुन गिद्ध र सेतो गिद्ध जोडीले चल्ला कोरलेका छन् । अति संकटापन्न सुन गिद्धले नलगाड नगरपालिका–५, पोखराको महादेवस्थान गोठथात जंगलको सल्ली रूखमा लगाएको गुँडमा गत १४ गते चल्ला कोरलेका हुन् ।