बिप्लब महर्जन

दुर्घटनामा दुईको मृत्यु

स्यानीखालबाट दाङको तुलसीपुर जाँदै गरेको लु १ च ५६६४ नम्बरको पिकअप जीप सोमबार बिहान ८:३० बजेतिर स्यानीखालको अत्तरकाडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

टावर बिग्रिदाँ गाउँपालिका सञ्चारविहीन 

कालिमाटी गाउँपालिकाको बडाढुंगामा रहेको टावरमा आएको खराबीका कारण गाउँपालिका क्षेत्र एक महिनादेखि सञ्चारविहीन बनेको छ । यहाँका झण्डै १७ हजार घरपरिवार प्रभावित भएका छन् ।

घरको दलिन भाचिँदा एकै परिवारका ५ को मृत्यु

बाग्चौर नगरपालिका-४ सेतोगुराँस गाउँमा घरको दलिन र पर्खाल भत्केपछि च्यापिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

वर्षामै खानेपानी अभाव

सिद्धकुमाख गाउँपालिका–५ राम्रीका बासिन्दालाई वर्षायाममै खानेपानी अभाव छ । स्थानीयले वर्षौंदेखि बाह्रै महिना खानेपानी समस्या भोग्न बाध्य छन् । स्थानीयवासीले एक घण्टा टाढाको मुहानबाट खानेपानीको जोहो गरेका छन् ।

बिप्लब महर्जनका लेखहरु :

दुई दर्जन विद्यालय दरबन्दीविहीन

बन्गाडकुपिण्डे नगरपालिकाका दुई दर्जन विद्यालय दरबन्दीविहीन भएपछि पठनपाठनमा समस्या छ । बन्गाड कुपिण्डे नगरपालिकामा ५५ विद्यालय सञ्चालनमा छन् । अधिकांशमा दरबन्दीको अभाव छ । शिक्षक अभावले विद्यालय बन्द गर्नुपर्ने बाध्यता भएको छ ।

गैलीबजार डुबानमा

अविरल वर्षाका कारण बन्गाडखोलामा आएको बाढीले बन्गाडकुपिण्डे नगरपालिकाको गैलीबजार डुबानमा परेको छ । बाढीले छिन्चु–जाजरकोट जोड्ने निर्माणाधीन पुल भत्काएको छ ।

जीर्ण काठे पुलले जोखिम

बर्षौअघि बनाएको काठेपुल जीर्ण बनेपछि कपुरकोट गाउँपालिकाको रिमस्थित घुरखोला वारपार गर्न स्थानीयलाई सास्ती भएको छ । जीर्ण काठेपुलले सबैभन्दा बढी सिस्नेरी गाउँका बासिन्दालाई समस्या भएको छ ।

केन्द्र अपायकले सास्ती

बन्गाड कुपिन्डे नगरपालिका– १२, निगालचुला र माझकाँडाका स्थानीयलाई केन्द्र अपायक परेपछि स्थानीय सरकारी कामकाजबाट वञ्चित हुँदै आएका छन् । निगालचुलामा वडा कार्यालय भए पनि अधिकांश काम गर्न नगरपालिका पुग्नुपर्ने स्थानीयलाई बाध्यता छ । उनीहरूलाई आफ्नै नगरपालिकाको केन्द्र पुग्नुभन्दा सदरमुकाम खलंगा पुग्न नजिक पर्छ ।