कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

मुसीकोटमा दोस्रो रूकुम कप सुरू 

महेश केसी

रूकुम पश्चिम — जिल्ला सदरमुकाम खलंगामा शुक्रबारबाट दोस्रो रूकुम कप-२०८१ सुरू भएको छ । खुला जिल्लास्तरिय पुरूष भलिबल प्रतियोगिता मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गरेका हुन्। प्रतियोगितामा देशभरिबाट ९ वटा समूहले सहभागिता जनाउने छ ।

मुसीकोटमा दोस्रो रूकुम कप सुरू 

विजेतालाई ५ लाख ५ हजार ५ सय ५५, उपविजेतालाई २ लाख ५५ हजार ५ सय ५५, तेस्रो हुनेलाई १ लाख ५५ हजार ५ सय ५५ र सान्त्वना हुनेलाई १ लाख ५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार राशि र ट्रफी तथा प्रमाणपत्र दिने आयोजक संस्थाले बताएको छ ।

रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रद्वारा आयोजित प्रतियोगिता यही वैशाख २० गतेसम्म सञ्चालन हुने छ । यो जिल्लाकै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरिएको खेल संयोजक तेजविक्रम बुढाले बताए ।

प्रतियोगितामा सहभागी खेलाडीमध्ये विधागततर्फ सर्वोत्कृष्ट खेलडीलाई १० हजार तथा वेस्ट स्पाईकर, वेस्ट सेटर, वेस्ट ब्लगर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई ५/५ हजार पुरस्कार प्रदान गरिने पनि संयोजक बुढाको भनाइ छ।

प्रकाशित : वैशाख १४, २०८१ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?