२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आनन्द गौतम

आनन्द गौतमका लेखहरु :

डढेलोले फुङलिङमा पाँच घर जले

वनमा लागेको डढेलोले फुङलिङ नगरपालिका–८ दोखु क्षेत्रमा पाँच वटा घर जलेका छन् । वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार बेजम्वु क्षेत्रका चार र ल्याङवाको एक घर जलेका हुन् । 

खडेरी भगाउन भ्यागुताको बिहे

धनी र सुविधा सम्पन्न देशमा भए खडेरीका कारण बालीनाली लगाउन नपाउँदा किसानले सरकारको आलोचना गर्थे । दिनरात जलिरहेको जंगल जोगाउन र किसानको माग सम्बोधन गर्न सरकारपनि उद्धत हुन्थ्यो । सत्ता परिवर्तनको खेल खेलिरहेको मुलुकका ग्रामीण क्षेत्रका किसान भने यतिबेला खडेरी भगाउन र बालीनाली लगाउन भ्यागुताको विवाह र खोलो पूजा गर्न उद्धत छन् ।

ताप्लेजुङका १६ वनमा डढेलो

पछिल्ला दुई सातामा ताप्लेजुङका १६ वटा वनमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयका अनुसार राष्ट्रिय तथा सामुदायिक वनहरुमा डढेलो लागेको हो । सहायक वन अधिकृत प्रमेश्वर पासवानले फागुन १४ गतेदेखि चैत २ गतेसम्म नौ वटा सामुदायिक र सात वटा राष्ट्रिय वनमा जंगलनै सखाप हुने गरी डढेलो लागेको जानकारी दिए । 

ताप्लेजुङका सबै वडा सडक सञ्जालमा जोडिए

योजना सम्झौताकालागि गाउँपालिकाको केन्द्र तापेथोक आएका फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङगोलाका १२ जना बुधबार गाडिमा फर्किए । ठ्याक्कै बस्तीसम्मै नपुगेर सेजोङमासम्म गएका उनीहरुले सदरमुकाम फुङलिङतर्फबाट आफ्नै वडामा गाडी चढेर गएको पहिलो रेकर्ड बनाए ।

हिउँ चितुवा संरक्षणमा पेन्जोक्ला

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्साकी पेन्जोक्ला शेर्पा हिउँ चितुवाका आनीबानीबारे राम्रो जानकार छिन् । संखुवासभाको गुफापोखरीबाट विवाह गरेर घुन्सा आएकी हुन् उनी । पेन्जोक्लाले हिउँ चितुवाको आवाज मात्र सुनेकी छैनन्, हिउँ चितुवाले आफ्ना पशुचौपाया खाइदिएपछि बगेका किसानका आँसु देखेकी छन् । 

उपमेयर कपको उपाधि मेरिङदेनलाई

दोश्रो उपमेयर रनिङ कपको उपाधि मेरिङदेन गाउँपालिकाले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक फुङलिङ नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै मेरिङदेन उपाधि चुम्न  सफल भएको हो । 

ल्होसारको मिति नसच्याएकोमा हिमाली शेर्पा समुदायको आपत्ति

गत माघ २७ गते हिमाली आदिवासी शेर्पाहरुले काठमाडौंमा मनाएको २१५१ औं ग्याल्पो ल्होसारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिको रुपमा बोलाएका थिए । 

वनै खायो डढेलोले...

पाँचथरको अमरपुर गएका पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्वुका सूर्य खड्काले आइतबार आफ्नो गाउँमूनिको जंगलमा लागेको डढेलोको तस्बिर खिचे । काबेली बजार छेउको पुल तरेर वारिपारि आउजाउ गर्ने उनी डढेलोबाट बच्न खहरेको बाटो घुमेर गाउँ फर्किदै डढेलोबाट बस्ती जोगाउने कार्यमा सक्रिय बने । 

‘आज ग्याल्पो ल्होसार नै होइन, सरकारले दियो बिदा’

ग्याल्पो ल्होसार भन्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शुभकामना दिइरहेका छन् । तर शेर्पा समुदायले भने आज नभई गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको बताएका छन् । उनीहरूले यस्तो त्रुटि नगर्न अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

पाथीभरामा केबलकार बनाउन दलहरूको आग्रह

ताप्लेजुङको पाथीभरा (मुकुलुङ) मा केबलकार निर्माणको काम तत्काल अघि बढाउन राजनीतिक दलहरूले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको आह्वानमा संसद्मा प्रतिनिधित्व गर्ने जिल्लाका सबै राजनीतिक दलको बैठकले केबलकार निर्माणसम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै निर्माण सहजीकरण गर्दै अघि बढ्ने निर्णय गरेका हुन् ।