भीम रावल

भीम रावलका लेखहरु :

राष्ट्रिय सुरक्षामा बहकिएको बहस

बहुदल र गणतन्त्र केवल व्यक्ति विशेषका (कु)आकांक्षा पूरा गर्न र कुनै समूहको स्वार्थ साधना गर्नका लागि होइन । देश र जनताको सर्वोपरि हित, समृद्धि र गरिमाका लागि हो । तर, यस्ता विषय ओझेलमा पारिन थालेका छन् । राष्ट्रिय हित र देशभक्ति कतिपयका लागि खोक्रो लाग्न थालेको छ । त्यस्ताले बाह्य शक्तिको आडमा गरिने स्वार्थपूर्ण सत्ताको खेललाई उत्कृष्ट मान्न लागेका छन् । छिमेकी तथा शक्तिशाली धनी मानिएका अन्य देशले अहोरात्र राष्ट्रिय हितमा लागिरहँदा नेपालमा राष्ट्रिय हितका कुरा गर्नेहरूलाई सत्ताका दलालहरूले अन्ध राष्ट्रवादी भन्दै सत्तोसराप गर्ने स्थिति निर्माण गरिँदै छ ।

कुशासनको कुचक्र

राजनीतिक वृत्तका सिद्धान्तहीन, नीतिहीन, गन्तव्यहीन तथा भ्रष्टाचारपूर्ण क्रियाकलापको शृंखलामा देशघाती र जनघाती नक्कली भुटानी शरणार्थी प्रकरण उदाङ्ग हुँदै छ ।

अभिलेख– सुखद एकता र दुःखद विभाजनको

लेखक ढाकाराम सापकोटाको किताब ‘नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म’ ले दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण, फुटका तथ्य, विवरण र घटनाक्रमलार्ई अभिलेख गरेको छ । किताबका नौ अध्याय र २८ परिशिष्टमा सान्दर्भिक दस्ताबेज र लिखत छन् । यी दस्ताबेज र लिखतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण, अन्तरद्वन्द्व र विभाजनका क्रममा भएका क्रियाकलापको तथ्यगत जानकारी गराउँछन् ।

राजनीतिक सृष्टि र दृष्टि

नेपालको राजनीतिक प्रवृत्ति सन्तुलित विकास, सबै वर्ग एवम् समुदायको समग्र उत्थान, विशेषगरी आर्थिक, शैक्षिक दृष्टिकोणबाट पछाडि परेकाहरूलाई माथि उठाउने ठोस योजना अभावबाट ग्रस्त छ । त्यसको पीडा सुदूरपश्चिमले भोग्दै आएको छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार र आपूर्ति प्रणालीका दृष्टिबाट सुदूरपश्चिममा जस्तो समस्या छ, त्यसलाई समाधान गर्न जुनस्तरको तत्परता, योजना, काम हुनुपर्ने हो, त्यो हाम्रो समग्र राज्य प्रणालीबाट भइरहेको पाइँदैन । 

पथ-विचलित राजनीति

प्रतिबद्धताको उल्लंघनबहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थामा दल निर्माणको आधार नै दर्शन, सिद्धान्त, विचार, नीति र कार्यक्रम हुन् । यिनैको पक्षपोषण गरी निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । नेता र उम्मेदवारहरूले आफ्नो औचित्य एवं आवश्यकता पनि यिनै पक्षका माध्यमबाट पुष्टि गर्नुपर्ने हुन्छ ।

पार्टी अन्धविश्वास र अन्धभक्तिको मन्त्र जप्ने थलो होइन

२०७९ साल मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारको सिफारिश चयन गर्न भदौ १९ गते साँफेबगर, अछाममा सम्पन्न नेकपा (एमाले), प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एक समन्वय समितिको बैठकबाट प्रतिनिधि सभाको सदस्यको उम्मेदवारको रुपमा मेरो एक मात्र नाम सर्वसम्मतिले चयन गरी सिफारिश गरिएकोमा त्यस समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु ।

नेपाललाई ‘अग्निपथ’ होइन, शान्तिपथ

अपमानजनक ऐतिहासिक गल्तीगोर्खा भर्ती सन्धिअन्तर्गत नेपाली नागरिकहरूले भारतीय र बेलायती सेनामा सेवा गर्नुपर्ने परिपाटीले समय–समयमा नेपालको स्वाधीनता, स्वाभिमान र हितलाई घोच्ने र चिथोर्ने गरेको छ ।

विकृत राजनीतिको चरम रूप

संविधान र प्रतिबद्धताको उल्लंघन२०६२ मंसिर ७ गते सात राजनीतिक दल र नेकपा (माओवादी) ले हस्ताक्षर गरेको बाह्रबुँदे सहमतिको बुँदा ६ मा माओवादीले विगतका गल्ती–कमजोरीहरूको ‘आत्मसमीक्षा र आत्मालोचना’ गर्दै भविष्यमा गल्ती–कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यस्तै बुँदा ७ मा सात राजनीतिक दलहरूले ‘विगतमा संसद् र सरकारमा छँदा भएका गल्ती–कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्ती–कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त’ गरेका थिए ।

बहुदलमा निर्दलीयताको अभ्यास

संवैधानिक व्यवस्थाको अवहेलनानेपालको संविधानको भाग २९ मा राजनीतिक दल सम्बन्धी व्यवस्था छ । संविधानको धारा २६९, उपधारा १ मा ‘समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रमप्रति प्रतिबद्ध व्यक्तिहरूले’ राजनीतिक दल खोल्न सक्ने तथा ‘दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्नेछन्’ भनिएको छ । यसबाट स्पष्ट हुन्छ- (१) राजनीतिक दल समान राजनीतिक विचार, दर्शन र कार्यक्रममा आधारित हुनुपर्छ, (२) राजनीतिक विचार, दर्शन र कार्यक्रमकै आधारमा राजनीतिक दलको सञ्चालन हुन्छ, (३) यस्तै विचार, दर्शन र कार्यक्रमप्रति जनसमर्थनप्राप्तिका लागि राजनीतिक दलले प्रचार र प्रसार गर्छन्, (४) यही प्रयोजनका लागि दलले अन्य आवश्यक काम गर्छन् । 

बरालिएको कूटनीति

स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्नुभयो । देशहरूबीच भ्रमण आदानप्रदान हुनु स्वाभाविक प्रक्रिया हो । भ्रमण कुन उद्देश्यका लागि गरियो एवम् भ्रमणमा के गरियो भन्नेचाहिँ चासो र सरोकारको विषय हुन्छ ।