विप्लव महर्जन

विप्लव महर्जनका लेखहरु :

डढेलोले सल्यानको त्रिवेणी र शारदामा ११ घरगोठ जले, अदुवा र बेसार बालीमा क्षति

वनमा लागेको डढेलोले त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा ११ घर गोठ जलेर नष्ट भएका छन् । एक महिला घाइते भएकी छन् । डढेलोले किसानका बारीमा लगाएका अदुवा र बेसारमा समेत क्षति पुर्‍याएको छ ।

विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका-५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा  प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

दुर्गमका सामुदायिक विद्यालयमा बस

भौगोलिक विकटताले दुर्गममा पर्ने तीन सामुदायिक विद्यालयले विद्यार्थीको सहजताका लागि बस सेवा संचालनमा ल्याएका छन् । देशमै उत्कृष्ठ भएको कुमाख गाउँपालिका-२ रुमालगाउँस्थित नारायण मावि, बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना मावि र बन्गाड कुपिण्डे नगरपालिका-५ च्युरास्थित त्रिभुवन जनता माविले बस सेवा संचालनमा ल्याएका हुन् । 

सल्यानमा २० दिनमै ९२ सामुदायिक वनमा डढेलो

चैत्रको दोस्रो सातादेखि बैशाख पहिलो सातासम्म सल्यानका १० स्थानीय तहका ९२ सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोका कारण झन्डै ६ हजार वन क्षेत्रमा क्षति पुगेको छ भने जिल्लाका विभिन्न स्थानीय तहका वन क्षेत्रभित्र रहेका बस्तीका २५ घर र एक मन्दिर जलेर नष्ट भएका छन् । 

उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा वीरेन्द्रकुमार श्रेष्ठ विजयी

उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलबाट वीरेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक प्यानलबाट उठेका भरतकुमार बस्नेतलाई १ सय ३५ मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । 

डढेलो बस्तीमा सल्किँदा तीन घरगोठ जलेर नष्ट

वनमा लागेको डढेलो बस्तीमा सल्किँदा सल्यानमा तीन घरगोठ जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा एक जना बेहोस् भएका छन् । बन्गाड कुपिण्डे नगरपालिका- ५ च्युराका अन्दाजी वर्ष ३५ का दलजित बुढाथोकी आगो निभाउनेक्रममा बेहोस् भएका हुन् । 

सामुदायिक वनमा तीन दिनदेखि भीषण डढेलो, बस्ती जोखिममा 

छत्रेस्वरी गाउँपालिका-५ लेखपोखराको तिर्थपोले सामुदायिक वनमा तीन दिनदेखि भीषण डढेलो लागेको छ । वनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र, प्रहरी, स्थानीय, जनप्रतिनिधि खटिएपनि निभाउन सकेका छैनन् ।

सल्यान दुर्घटना : सवारीधनी विश्वकर्माको उपचारको क्रममा मृत्यु [अपडेट]

बुधबार बिहान भएको बस दुर्घटनामा परी घाइते भएका सवारीधनी ४६ वर्षीय बिष्णु विश्वकर्माको उपचारकोक्रममा मृत्यु भएको छ । 

सल्यानमा बस दुर्घटना, २२ घाइते [अपडेट]

सल्यानमा बुधबार बिहान बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यानको बाग्चौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलबाट खसेको हो ।