किशोर नेपाल

संविधानका दु:ख

स्थानीय तह, प्रादेशिक र संघीय चुनावको समाप्तिपछि नेपाली समाज राजनीतिक संक्रमणबाट मुक्त होला भन्ने सोचाइ धेरैले राखेका थिए । जुन स्वाभाविक पनि हो । लामो राजनीतिक संक्रमणले जनतालाई थकाएको थियो ।

गिद्ध – २०१७

हेलो, ओ हेलो,’‘हाउ वाज योर इभिनिङ टुडे ?’ कुम्भकर्ण डंगोलले सोध्यो ।‘इभिनिङ टुडे ?’ उताबाट आवाज आयो, ‘के भन्छ यो ? आज त इभिनिङ भएकै छैन नि ।’‘उता त भैसक्यो नि, नेपाल मस्त,’ कुम्भकर्णले जवाफ दियो ।

देउवाको प्रतिरक्षामा

अलिकति राजनीतिको संकेत बुझ्ने बुद्धिजीवी र पत्रकारहरूले यसपटक कांग्रेसका लागि चुनावमा राजनीतिक वातावरण असहज हुने अनुमान पहिले नै गरिसकेका थिए । माओवादीसँग मिलेर कांग्रेसले सजिलै एमालेलाई एक्ल्याएको थियो।

वाम एकता र कांग्रेस

नेपाली समाजमा मंगलबारलाई कडा मानिन्छ । भनिन्छ, मंगलबार जे पनि शुभ–काम हुन्छ, त्यसको परिणति निकै कडा हुन्छ । गत मंगलबार नेपालका दुई ठूला मानिने वाम राजनीतिक शक्ति नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल माओवादी केन्द्र तथा संविधान लागू हुने बित्तिकै माओवादीबाट अलग्गिएका डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता स्थापित भएको छ ।

गोल बजार

केही दिनअघिसम्म प्रदेशमा चुनाव हुने नहुने कुनै ठेगान थिएन । राजनीतिमा लागेका मानिसहरू हल्ला गर्दै थिए, ‘संविधानको संशोधन गरेर जनताको जायज माग पूरा नगरी सरकारले चुनाव गरायो भने यहाँ ठूलो रक्तपात हुन्छ । पहिलो मधेस आन्दोलनको जस्तै उफान आउँछ ।’

किशोर नेपालका लेखहरु :

संविधान खण्डित नै राख्ने ?

राष्ट्रिय जनता पार्टी, नेपालको कार्यसमिति बैठकले संविधानमा संशोधन नगरी यथास्थितिमा स्थानीय तहको चुनावमा भाग लिने विकल्पलाई इन्कार गरेको छ । पार्टीभित्र चुनावमा सहभागिताको पक्षमा भएको आवाज मलिन थियो ।

जताततै सिंहदरबार

नेपालको राजनीति र प्रशासनमा सिंहदरबारको भूमिका महत्त्वपूर्ण छ। २००७ फागुन ७ गतेसम्म सिंहदरबार राणा प्रधानमन्त्रीहरूको आवास थियो। देशमा प्रजातन्त्रको आगमनपछि यो दरबार सरकारको केन्द्रीय सचिवालय बन्यो।

मिथिलाञ्चलका अमृतनाथ

सांस्कृतिक विविधताको भूमि हो, नेपाल। पौराणिक ग्रन्थहरूमा तपोभूमिका रूपमा वर्णित यो देशको पाइला पाइलामा आस्थाका फूल छरिएका छन्।

स्थानीय चुनावपछिको राजनीति

स्थानीय तह चुनाव दोस्रो चरणमा आइपुग्दासम्म प्रमुख प्रतिपक्षी दल एमालेले अग्रता लिइसकेको थियो । यसपछि कांग्रेसको स्थितिमा सुधार आउने जुन सपना कांग्रेसका नेताहरूले देखेका थिए, त्यो दु:स्वप्न सावित भयो ।

चुनाव, चुनौती र देउवा

दोस्रो चरणमा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने दिन बिहान भद्रपुरदेखि इनरुवासम्मको यात्रा निकै रोमाञ्चक रह्यो ।