देवेन्द्र भट्टराई

कुनै दुर्घटना वा रिक्तता नहोस् भनेर परराष्ट्र सचिव बाहिरबाट पनि : सामान्य प्रशासन

नियमानुसार 'योग्य' सचिव समयमै पाउन नसकेको दृष्टान्तलाई हेरेर परराष्ट्र मन्त्रालयको विशिष्टिकृत सेवालाई प्रतिस्पर्धी बनाउन जुनसुकै सेवाबाट सचिव पदस्थापन गर्न सकिने व्यवस्था गर्न लागिएको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

[अन्तर्वार्ता] विश्वविद्यालय ज्ञानको केन्द्र रहेन : प्राध्यापक चैतन्य मिश्र

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र विभागमा ३७ वर्ष प्राध्यापन गरेका प्राध्यापक चैतन्य मिश्र पछिल्ला ७ महिना सरकारले गठन गरेको नीति अनुसन्धान प्रतिष्ठानमा संयोजक रहे । समाजशास्त्री मिश्रले 'आफ्नै कारण' जनाउँदै उक्त पदबाट यो साता राजीनामा दिएका छन् । आर्थिक, राजनीतिक, सामाजिक र प्रशासनिक मामिलामा नीतिगत सुधारको सुझाव दिन गठित प्रतिष्ठानका अध्ययन प्रतिवेदनहरु सार्वजनिक नहुँदै संयोजक मिश्रले राजीनामा दिएपछि प्राज्ञिक र बौद्धिक वर्गमा 'थिंक-ट्यांक' को औचित्यमाथि बहस सुरू भएको छ । मिश्रसँग कान्तिपुरका देवेन्द्र भट्टराईले शुक्रबार गरेको कुराकानी :

सरकारले गठन गरेकाे 'थिङ्क ट्याङ्क'का संयोजक मिश्रद्वारा राजीनामा

मुलुकको आर्थिक, राजनीतिक, सामाजिक र प्रशासनिक मामलामा नीतिगत सुधारको सुझाव दिन ७ महिनाअघि गठित नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्राध्यापक चैतन्य मिश्रले 'आफ्नै कारण' जनाउँदै राजीनामा दिएका छन् । 

'हामी हिजो हेर्छौं, कम्बोडिया भोलि'

प्राध्यापक श्रीराम भगत माथे कम्बोडिया सरकारसँग प्रत्यक्ष सरोकार रहेका शिक्षाका दुई परियोजना नेतृत्व गर्दै नोम्पेह बसिरहेका छन् । एसियाली विकास बैंक र फ्रेन्च एजेन्सी प्रमुख दाता रहे पनि कम्बोडियाली प्रधानमन्त्री हुन सेनको प्रत्यक्ष निगरानी र मूल्यांकनमा यी परियोजना सञ्चालित छन् ।

को-को जाँदैछन् प्रधानमन्त्रीसँग भियतनाम र कम्बोडियाको भ्रमणमा ?

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल लिएर दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा बिहीबार निस्कँदै छन् । परराष्ट्र अधिकारीका अनुसार बिहीबार अपरान्ह ११:२५ बजे नेपाल वायुसेवाको चार्टड सेवाबाट हनोइतर्फ उड्ने प्रधानमन्त्री ओली सुरुवातको चारदिन भियतनाम र त्यसपछिका ३ दिन कम्बोडियामा रहनेछन् ।

देवेन्द्र भट्टराईका लेखहरु :

‘एनआरएनएले बालुवाटारको जग्गा विवाद र असहमतिमाझ किनेको थियो’

तत्कालिन मुख्य सचिव लिलामणि पौड्यालले ‘नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा उपलब्ध गराउन नसकिने’ भनेर जानकारी गराइसकेपछि पनि अनेक समिति र उपसमितिको नाम भजाएर गैर आवासीय नेपाली संघ (एनआरएनए)ले बालुवाटार क्षेत्रको सरकारी जमिन खरिद गरिएको एनआरएनएले सर्कुलर गरेको कागजातबाटै पुष्टि भएको छ ।

सहरमा पुस्तक राख्ने ठाउँ छैन

भाषा–साहित्यका अध्येता शरदचन्द्र शर्मा भट्टराईले यो संसार छाडेको १७ वर्ष भइसक्यो । रातोपुलभित्रको परम्परागत पुरानो घरमा शरदचन्द्रको स्मृति झल्कने सयौं पुस्तक, पत्रिका र तस्बिरलाई जतनसँग पुछपाछ गर्दै बसेकी छन्, ७९ वर्षीया श्रीमती कमला ।

बसूँ तलब छैन, फर्कूं कागजात छैन

पार्क, स्विमिङ पुल, मनोरञ्जन स्थल आदि निर्माण गर्ने कतारस्थित बहुराष्ट्र्रिय कम्पनी अक्वा मास्टर्समा कार्यरत ४६ नेपाली कामदार झन्डै एक वर्षदेखि तलब र भिसाविहीन भएका छन् । 

राजदूत नहुँदा पनि करोडौं भाडा

संयुक्त अरब इमिरेट्सको आबुधाबी र मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासमा लामो समय राजदूत रिक्त रहे पनि राजदूत निवास तथा अन्य सेवासुविधाका नाममा झन्डै ३ करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।

सहरमा अरुन्धती

राज्यसत्ता र मूलधारको विचार पंक्तिमा सधैं विद्रोहीझैं उभिने भारतीय लेखक अरुन्धती रोय योपटक काठमाडौं आएको र गएको धेरैले पत्तो पाएनन् ।