सुधीर शर्मा

सुधीर शर्माका लेखहरु :

ईः, बालेन र बदलिँदो क्षितिज

सामान्यतः सार्वजनिक रूपमा बोल्नसमेत नचाहने मेयर, अनि उनलाई बोलेर होइन, झन्डै २०० घण्टा उभिएरै सार्वजनिक रूपमा जवाफदेही बनाउने सडकको प्रतिवाद नेपाली समाजमा आइरहेको प्रवृत्तिगत बदलावको एउटा सूचक हो । चुनाव जितेर काठमाडौं महानगरको मेयर बनेपछि बालेन्द्र शाह (बालेन) ले कसैको कुरा सुनिरहेका थिएनन्, जनस्तरबाटै उठिरहेका आवाजलाई पनि नसुनेझैं गरिरहेका थिए । उनलाई पहिलोचोटि जवाफ दिनुपर्ने, आम मान्छेका मुद्दाप्रति आँखा चिम्लिन नपाउने अवस्थामा ईःले पुर्‍याएका छन् ।

कोही किन देशमा बसोस् !

पत्रकार रमेशकुमारले हिमालखबरमा अघिल्लो साता आकर्षक शीर्षकसहित एउटा समाचार लेखेका थिए— ‘विदेश गइरहेको देश’ । त्यसमा उठाइएका विषयवस्तु नयाँ होइनन्, तर त्यसमा उल्लिखित विदेश जानेहरूको तथ्यांक–विश्लेषण हेर्दा अवस्था साँच्चै सोचनीय भइसकेको देखिन्छ ।

चीन किन सधैं तर्किन्छ कालापानीमा ?

शक्तिराष्ट्रहरू जब ‘कार्टोग्राफिक एग्रेसन’ तर्फ अग्रसर हुन्छन्, तब ठान्दा हुन्छ— संकटको घडी आउन लाग्यो । केही समययता दक्षिण एसिया, त्यसमा पनि हिमाली भेगमा यस खाले प्रतिस्पर्धा देखिन थालेको छ ।

चीनसित चुँडिएको धागो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा भारतको साटो सुरुमा चीन जान कति हतारिएका थिए भने, सरकार सम्हालेको एक साता नबित्दै बेइजिङ ओलम्पिक्सलाई बहाना बनाएर भए पनि उनी चीनतर्फ उडे ।

बौद्ध विहारलाई विदेशी म्युजियम नबनाऔं

न्युयोर्कको रुबिन म्युजियम फर आर्ट्सले काठमाडौंको इतुंबहाः (इटुम्बहाल) महाविहारमा खोल्न लागेको म्युजियमको उद्घाटन र त्यसको ‘खुसियाली’ मा आयोजित साँझको रिसेप्सनका निम्ति तारन्तार इमेलहरू पठाएपछि मलाई अलि अनौठो लाग्यो । झट्ट सुन्दा कतिपयलाई बौद्ध विहारको संरक्षण गर्न त खोजिएको होला, के अनौठो भयो भन्ने पनि लाग्न सक्ला । सुरुमा मलाई पनि त्यस्तै लागेको थियो, तर अलि गहिरिएर हेर्दा दुइटा कारणले यो कार्य प्रश्नको घेरामा छ ।

शीर्षहरूलाई किन छुँदैन भ्रष्टाचारले ?

वर्तमान सरकारले विगत छ महिनामा के गर्‍यो होला भनेर हेर्दा एउटा दृश्य झट्ट दिमागमा आउँछ : प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म अधिकांशलाई भ्याई–नभ्याई भाषण गर्नुपरेको, रिबन काट्ने अवसर कतै नछाडेको र मातहतका कर्मचारीहरूलाई निर्देशन मात्र दिइरहेको ।

‘तेस्रो छिमेकी’ सँगको साइनो

ह्वाइट हाउसको भान्सामा विदेशी अतिथिका लागि कोदो, मकैको सलाद र च्याउको परिकार रहेको विशुद्ध ‘भेज’ खाना विरलै पाक्थ्यो होला, तर गत असार ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेनुमा त्यही थियो, भलै कूटनीतिक मेनु त्यति सादा थिएन ।

पूर्वाधार कूटनीतिको कोल्टेफेराइ

चार दशकअघि हामी हुर्कंदै गर्दा झापाको धुलाबारी बजार हङकङ, सिंगापुर, कोरिया र जापानका मालसामानले भरिभराउ हुन्थ्यो, जहाँ किनमेल गर्न पूर्वी भारतबाट मान्छेहरू ह्वारह्वार्ती आउँथे; कहिलेकाहीँ त बलिउडका अनुहारसमेत देखा पर्थे, हामी तिनलाई हेर्न छेउको स्कुलबाट हुर्रिंदै पुग्थ्यौं । भारतले सन् ९० को दशकमा आर्थिक उदारीकरणको नीति अपनाउनुअघिको कुरा हो यो । त्यस बखत भारतमा ‘फरेन गुड्स’ सहजै पाइन्नथे, त्यसैले त्यो सीमा बजार निकै फस्टाएको थियो ।

‘कांग्रेस र एमाले सरकारमा सँगै जान पनि सक्छन्’

भारतले सीमा मिचेको जिल्ला दार्चुलादेखि राजधानीको नाइट क्लबसम्मका चुनावी प्रचारमा दौडिन भ्याएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत मंगलबार अपराह्न राजधानीको बत्तिसपुतलीमा भेटिँदा भावी चुनावी परिणामप्रति निकै आत्मविश्वासी देखिए । प्रधानमन्त्रीबाट बाहिरिएको र आफ्नो पार्टी नेतृत्व चार वटा प्रदेश सरकार ढलेको अवस्थाबाट गुज्रेका उनले अब फेरि बहुमतको सरकार बनाउने दाबी गरे ।

एउटा सुषुप्त द्वन्द्व

नेपालको नक्सा पल्टायो भने सुदूरपूर्वी कुनामा काँकडभिट्टा नाका भेटिन्छ, जसलाई भर्खरै ६ लेनको फराकिलो एसियन हाइवेले जोडेको छ । यहाँबाट मेची नदी तरेर अगाडि बढ्दा भारतको सिलिगुडी, असम हुँदै म्यान्मार र थाइल्यान्डसम्म पुगिन्छ । २०–२२ किलोमिटर पूर्वतर्फ बंगलादेश पर्छ, अलि माथि भुटान । तर हामी त्यता जाँदै छैनौं, काँकडभिट्टा बजारबाट मेचीको डिलैडिल उत्तरतिर लाग्दै छौं ।