२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डा. प्रकाश बुढाथोकी

डा. प्रकाश बुढाथोकीका लेखहरु :

‘मेरो मास्कले तिमीलाई सुरक्षा दिन्छ, तिम्रो मास्कले मलाई’

विभिन्न अस्पताल, सीमानाका, स्थान र उमेर समूहबाट लिइएका १६ नमुनालाई पुस २२ मा जिनोम सिक्वेन्सिङ गर्दा ७ वटामा जेएन१ पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि विज्ञहरूले सचेत तुल्याउँदै भनेका छन्— लक्षण देखिनेबित्तिकै स्वास्थ्य सचेतना अपनाऔं र रुघाखोकी, ज्वरो छ भने मास्क लगाऔं, आइसोलेसनमा बसौं, अरूलाई बचाउन खोजौं तथा लक्षण सुरु भएको ४८ घण्टापछि एन्टिजेन जाँच गराऔं । 

जाडोमा निम्तिने जोखिम 

चिसो दिनानुदिन बढिरहेको छ । जति बढी गरिब, चिसोले त्यति बढी असर पर्छ । एकसरो लुगासमेत राम्रोसँग लाउन नपाउने गरिब जनता, त्यसमाथि बूढाबूढी, सुत्केरी, दीर्घरोगी र बालबालिकाका लागि चिसो याम कष्टप्रद हुन्छ । मधेशमा अधिकांश समय गर्मी हुने भएकाले जाडोका लागि विशेष जोहो गर्ने चलन हुँदैन ।

चाडबाडमा माछामासु, मिठाई र मानव स्वास्थ्य

चाडबाड अझ विशेषतः दसैं, तिहारमा अधिकांश नेपालीलाई शुभकामना आदानप्रदान, खानपिन, रमाइलो र भेटघाटमा भ्याइनभ्याइ हुन्छ । तर चिकित्सकहरू भने ड्युटी गर्न, बिरामीका जिज्ञासा सुन्न र अस्पतालबाट आउने बोलाहटले हैरान बन्छन् । दसैंको समयमा उच्च रक्तचाप, मुटु र पेटजन्य समस्या अपच, पखाला तथा निद्राजन्य बिरामीको संख्या ह्वात्तै बढ्छ र यो वर्ष पनि त्यस्तै रह्यो ।