नारायण घिमिरे

घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन् । ।

खिर्रोबाट खनखनी पैसा

भारतीय सरकारको निम्तोमा कृषि इनोभेसनबारे छलफलका लागि नयाँदिल्ली जाँदा दुई दिनका लागि नेपाल पस्न भ्याएँ । वयोवृद्ध बुबाको आशिर्वाद थाप्न हवाई अड्डाबाट सिधै तनहुँको याम्पाफाँट हान्निएँ । ड्राइभर मेरै स्कुले साथी मालतीका भाइ कृष्ण परेछन् ।

सयपत्री माला किन मिल्काउनु ?

नेपाली समाजमा चलनचल्तीका शब्द ‘सफा’ र ‘पवित्र’ बीचको भिन्नता बुझ्न मलाई झन्डै ३ दशक लाग्यो । मेरो बुझाइमा ‘सफा’ भनेको एउटा अवस्था हो, कुनै कार्य गरी प्राप्त गर्न सकिने । जस्तै– तामा वा स्टिलको जुठो गिलास खकालेर पानी पिउने प्रयोजनका लागि ‘सफा’ बनाउन सकिएला ।

जडीबुटीको सिरानी

गाउँले स्कुलमा ३ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । कक्षा उक्लेपछि पृथ्वी राजमार्गमा २ किलोमिटरभन्दा बढी पैदल मार्च गरेर सत्र सय (तनहुँ) नगई सुखै थिएन  ।

वनस्पतिको व्यवसायीकरण

स्याङ्जा खयर निर्यातमा कहलिएको छ । स्याङजाको सामथ्र्यको प्रमुख आधार खयर हो । खयरको बोक्राबाट निकालिने खैरो धुलोमा ‘क्याटेचिन’ र ‘इपिक्याटेचिन’ हुन्छ ।

बुझ्नेलाई कीरा, अरूलाई लार्भा

परिचित साथीकहाँ डिनरको निम्ता आयो । क्यानाडाबाट दूरदेशमा आफ्नो उत्पादन निर्यात गर्न अनौपचारिक छलफलका लागि । घरमा पाकेको मिठे फापरको ढिँडो र गुन्द्रुक छोडी म पाहुना बन्न पुगेंँ । साथीकी पत्नी बारबरा निकै खुसी देखिइन् ।

नारायण घिमिरेका लेखहरु :

रैथाने ज्ञान ब्युँताउने बेला

रोग र कीराले खेतबारीमा सताउँछन् । भकारीमा थन्काइसकेपछि पनि हाइसन्चो हुँदैन । हाम्रा पितापुर्खा घुन, पुत्ला, कीरा, मुसाविरुद्ध रैथाने वनस्पति भिडाइदिन्थे । फुलेको पातीको धूलो पोकामा बेरेर धान, गेडागुडी या अन्नमा राखेर वा भण्डारणबाहिर घरेलु ‘डिस्टिलेसन’ गरी प्राप्त झोल छर्कन्थे । खपटे, घुन र पुत्लालाई बोजोको धूलो पर्याप्त थियो ।

रैथाने उब्जनीबाट समृद्धि

अस्ति भर्खरजस्तो लाग्छ, गोरखाबाट बसाइँ आएको माइला दाइको परिवारले हाम्रो घरभन्दा पर पाखोको धयेरी, पाती र असुरोको घारी फाँडेर घैयाबारी बनाएको । ४/५ कक्षामा पढ्दै गर्दा हामी माइला दाइको त्यही घैयाबारीमा खरबुजो चोर्न जान्थ्यौं । हामीलाई एक त खरबुजो भेट्टाउनै गाह्रो पथ्र्यो, भेट्टाए पनि लुकाएर जंगलतिर लगी खानै मुस्किल ।