कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ वटै स्थानीय तहमा बैंक

कृष्ण थापा

नुवाकोट — स्थानीय तहमा बैंकिङ सेवा प्रवाह हुन थालेपछि सर्वसाधारणलाई सदरमुकाम धाउनुपर्ने बाध्यता टरेको छ । स्थानीयबासीको पायक पर्ने स्थानमा अझै पनि बैंक नहुँदा केहीलाई समस्या भने यथावत् छ । नुवाकोटका १२ वटै स्थानीय तहमा बैंक सञ्चालनमा आएपछि स्थानीयलाई सजिलो भएको हो । 

१२ वटै स्थानीय तहमा बैंक

किस्पाङ ४ साल्मेका कृष्ण तामाङ बैंकमा रकम राख्न र झिक्न टाढा धाउनुपर्ने समस्या हटेको बताए । ‘सदरमुकाम आउजाउ गर्न गाह्रो थियो,’ उनले भने, ‘आउजाउ गर्ने बस छुटयो भने उतै बास बस्नुपर्थ्यो ।


अहिले गाउँमा बैंक आएपछि सजिलो भएको छ ।’ उनको गाउँबाट सदरमुकाम जान एकतर्फी बस भाडा १ सय ८० रुपैयाँ तिर्नुपर्छ । घर फर्किन भ्याइएन भने होटलमा बास बस्नुपथ्र्याे । ‘आउजाउ गर्ने खर्चले तरकारी किनेर खान पुग्छ,’ उनले भने । उनको घरबाट दुई घण्टामा किस्पाङ गाउँपालिका नजिक हिमालयन बैंक रहेको छ । उनी मात्र होइन, चिर घले पनि गाउँमै बैंक आएकामा खुसी छन् ।


उनले गाउँमा बैंक भएकाले आउजाउ गर्न समस्या छैन । ‘पहिला एक दिनको बाटो पैदल हिँडेर पैसा जम्मा गर्न विदुर पुग्नुपथ्र्यो,’ दुप्चेश्वरगाउपालिका ३ रावतबेंसीका कृष्ण केसीले

भने, ‘अहिले आधा घण्टा पैदल हिँडेपछि बैंकमा पुगिन्छ । गाउँमै सेवा पाइयो ।’


सरकारले प्रत्येक गाउँपालिका र नगरपालिकाममा बैंकिङ सेवा पुर्‍याउने भने पनि अझैसम्म स्थानीयबासी, स्थानीय तहका कर्मचारी र योजनाहरूको भुक्तानी सदरमुकाम विदुरबाट हुने गरेको छ ।


‘पायक पर्ने ठाउँमा बैंक गएको छैन,’ बेलकोटगढी नगरपालिका प्रमुख राजेन्द्ररमण खनालले भने, ‘नगरपालिका कार्यालय रहेको ठाउँमा बैंक बसेन । उही सदरमुकाम धाउनुपर्छ ।’ बेलकोटगढी नगरपालिका बाघखोर डाँडामा छ ।


सेन्चुरी बैंक तल बेंसी रातोमाटेमा छ । अहिले किस्पाङ, शिवपुरी, तारकेश्वर, पञ्चकन्या, म्यघङ, ककनी, दुप्चेश्वर, सूर्यगढी, तादी, लिखु गाउँपालिका, बेलकोटगढी नगरपालिका र विदुर नगरपालिकामा बैंक स्थापना भएका छन् । ‘बैंक त आयो कारोबार गर्न गारो पर्‍यो,’ नगर प्रमुख खनालले भने, ‘बैंक एक घण्टा तल बेंसीमा छ ।


सबै आर्थिक कारोबार नेपाल बैंकबाट भएकाले विदुर जान बाध्य छौं ।’ अधिकांश बैंकहरू सदरमुकाम विदुर नगरपालिकामा केन्द्रित छन् । बैंकहरूले पैसाको सुरक्षा र भवन अभाव भएको बताउँदै नगर र गाउँपालिकाले भनेको स्थानमा बैंकिङ सेवा दिन कठिनाइ भएको जनाएका छन् ।

प्रकाशित : पुस १८, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?